शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

ट्वीटरको लोगो अब कुकुर

दैनिक नेपाल २०७९ चैत २१ गते ११:२७

काठमाडौं, २१ चैत । ट्वीटरले आफ्नो लोगो परिवर्तन गरेको छ । यसअघि लोगोमा चरा रहेकोमा परिवर्तन गरेर कुकुर राखिएको हो ।

सीइओ एलन मस्कले क्रिप्टोकरेन्सी डोजेक्वाइनमा रहेको कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीरलाई ट्वीटरको लोगो बनाएका हुन् । यो परिवर्तन हाल ब्राउजरमा देखिएको छ।

मोबाइल एपमा भने पुरानै निलो रंगको चरा नै देखिन्छ । विवादास्पद क्रिप्टोकरेन्सी डोजेक्वाइनको लोगोमा पनि यही कुकुरको तस्वीर छ ।

ट्वीटरको निकै सुन्दर तथा आइकनिक निलो चराको लोगोको ठाउँमा कुकुरको पहेँलो तथा सुन्तला रङको तस्वीर देखा परेसँगै प्रयोगकर्ताहरु अचम्मित भएका छन् ।

प्रतिक्रिया
सम्बन्धित