शनिबार, २९ वैशाख २०८१
DainikNepal.com
शनिबार, २९ वैशाख २०८१

दिनभरका TOP 15 NEWS: तीन सिटका लागि ६९ जनाको उम्मेदवारी, पेट्रोलियम पदार्थको मूल्य घट्यो

दैनिक नेपाल २०७९ चैत २० गते २३:१२

काठमाडौं, २० चैत । आगामी वैशाख १० गते हुने प्रतिनिधि सभाको रिक्त तीन सीटका लागि ६९ जनाको उम्मेदवारी परेको छ ।

उम्मेदवारी दिन निर्धारण गरिएको सोमबार बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको अवधिमा ६९ जनाले उम्मेदवारी दिएका हुन् । निर्वाचन आयोगका अनुसार बारा निर्वाचन क्षेत्र नं. २ मा ३६ जना, चितवन निर्वाचन क्षेत्र नं. २ मा २४ जना र तनहुँ निर्वाचन क्षेत्र नं. १ मा ९ जनाले उम्मेदवारी दिएका छन् ।

यसैबीच, सोमबार राति १२ बजेबाट पेट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रतिलिटर तीन रूपैयाँले घटाएको हो ।

यस्तै, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दश/दश रूपैयाँले घटेको हो ।

हेरौँ आज दिनभरका मुख्य–मुुख्य समाचारमा हेडलाइनहरू–

प्रतिक्रिया
सम्बन्धित