३० आश्विन २०८३, शुक्रबार

बारा–२ मा एमालेबाट पुरुषोत्तम पौडेलले गराए उम्मेदवारी दर्ता

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बारा, २० चैत । नेकपा एमालेको तर्फबाट बारा निर्वाचन क्षेत्र–२ मा पुरुषोत्तम पौडेलले उम्मेदवारी दर्ता गराएका छन् ।

उनको प्रस्तावकमा बलवीर चौधरी र समर्थकमा बन्दना सिंह रहेका छन् ।

यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल र जनता समाजवादी पार्टी (जसपा) बाट अध्यक्ष उपेन्द्र यादवले उक्त निर्वाचन क्षेत्रमा मनोनयन दर्ता गराइसकेका छन् ।

गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा जसपाका रामसहायप्रसाद यादव उक्त निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए ।

यादव उपराष्ट्रपतिमा निर्वाचित भएसँगै आगामी वैशाख १० गते उक्त निर्वाचन क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो ।