शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

बुबा जसले छोराको २१ वर्षसम्म दिनहुँ फोटो खिचे

दैनिक नेपाल २०७९ चैत २० गते १३:५४

काठमाडौं, २० चैत । इङ्ग्ल्यान्डका इयन मक्लिओडले आफ्नो छोरा कोरीको २१ वर्षसम्म दैनिक फोटो खिचेर राखेका छन् ।

छोराको बाल्यकाललाई जीवित राख्न उनले २१ वर्षसम्म नछुटाई दिनहुँ फोटो खिच्ने गर्दथे । अहिले कोरी ३० वर्षका भएका छन्। गएको नौ वर्षदेखि भने फोटो खिच्ने जिम्मा उनी आफैँले लिएका छन्।

जन्मदेखिको मृत्युसम्मको फोटो हेर्दा गज्जब लाग्ने बुबा मक्लिओड बताउँछन् । कोरी जन्मिएको दिनदेखि नै दिनहुँ उनको फोटो खिच्ने निर्णय गरेर सुरु गरेको उनी बताउँछन् ।

सुरुमा केही वर्षसम्म मात्रै दिनहुँ फोटो खिच्छु भन्ने सोचेका उनले त्यसपछि निरन्तर २१ वर्षसम्म खिचे । छोरा कोरी विद्यालय छुट्टी भएर बस्नेगरी साथिहरुमा जाँदा पनि उनी त्यहीँ पुगेर फोटो खिच्ने गर्दथे ।

विद्यालयबाट लामो भ्रमणमा गएकाबेला पनि उनी छोराको फोटो खिच्न घण्टौँ गाडी चलाएर पुग्दथे । उनले दिउसो १२ बजेदेखि राति १२ बजेकोबीचमा कोरीको फोटो खिच्ने समय राखेका थिए ।

बुझ्ने भएपछि सुरु सुरुमा बुबाको कारण दिक्क मानेका कोरी अहिले त्यसको महत्व आफूले पनि बुझेको बताउँछन् ।

प्रतिक्रिया
सम्बन्धित