
काठमाडौं, १९ चैत । नेकपा एमालेले सञ्चालन गरिरहेको मिसन ग्रासरुट अभियान अहिले देशभरका टो–टोलमा पुगेको छ ।
अभियानमार्फत एमालेले देशको राष्ट्रिय राजनीतिका विभिन्न पक्ष र पाटाहरूबारे थुप्रै सन्देशहरू जनस्तरमा पुर्याएको छ । यसैमध्येको एउटा सन्देश हो, ‘ एमालेबिना विकास सम्भव छैन, तर चौतर्फी घेराबन्दीमा छौँ’ ।
मुलुकमा जतिबेला एमालेको सरकार बन्छ त्यतिबेला मात्रै विकास हुने गरेको र अहिले एमाले नै घेराबन्दीमा परेको तथा विकासका कामहरू ठप्पप्राय: भएको छर्लङ्ग पार्दै यो घेराबन्दीबाट निकाल्न जनतासँग एमालेले साथ खोजेको छ । यसबाट जनताले एमालेप्रति सहानूभूति राखेको पाइएको छ ।
अभियानअन्तर्गत आज कहाँ–कहाँ के–के भए ?
काठमाडौं
आज काठमाडौंको गोकर्णेश्वर नगरपालिका र बुढानीलकण्ठ नगरपालिकामा जनप्रतिनिधि र पार्टी कमिटीबीचको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

गोकर्णेश्वर नगरपालिकामा आयोजित कार्यक्रम पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो भने बुढानीलकण्ठ नगरकमिटीले आयोजना गरेको कार्यक्रम पार्टी सचिव गोकर्ण विष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । दुवै कमिटीको कार्यक्रममा पार्टी कानुन विभाग प्रमुख रमेश बडालले स्थानीय तह सन्चालन निर्देशिकाको बिषयमा प्रशिक्षण दिनुभएको थियो ।
काठमाडौं
नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले राष्ट्रिय राजनीति र राजधानीको राजनीतिको असर सबैतिर पर्ने कुरालाई ध्यानमा राखी काठमाडौंका सबै तहका पार्टी कमिटीहरू पार्टी सुदृढ बनाउन निरन्तर क्रियाशील हुनुपर्ने वताउनुभएको छ ।
मिसन ग्रासरूट अभियानअन्तर्गत काठमाडौं महानगरपालिका वडा नं.३२ कमिटीद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा महासचिव पोखरेलले विकास, निर्माण लगायत क्षेत्रमा राज्यले सबैभन्दा धेरै लगानी गरेकै ठाउँमा नयाँ पार्टीको प्रभाव बढी देखिएको बताउँदै जनताको चाहना र मनोभावना बुझेर काम गर्न र जनतासँगको सम्बन्धलाई जीवन्त राख्न नेता कार्यकर्तालाई आग्रह गर्नुभयो ।
जुम्ला
मिसन ग्रासरुट अभियानअन्तर्गत जुम्लाको सिंजा गाउँपालिका–३ नराकोटमा कार्यकर्ता भेला सम्पन्न भएको छ । अभियानका लागि कर्णाली प्रदेश संयोजकसमेत रहनुभएका पार्टी सचिव योगेश भट्टराईले भेलालाई सम्बोधन गर्दै मुलुकको रूपान्तरणका लागि एमालेले बहुमत प्राप्त गरी सरकार बनाउनुपर्ने बताउनुभयो ।
कांग्रेस–माओवादीको अप्राकृतिक गठबन्धन धेरै दिन नटिक्ने भएकाले एमालेका कार्यकर्ता आफ्नो संगठन बलियो बनाउन लाग्नुपर्ने उहाँको भनाई छ । भेलामा पार्टी स्थायी कमिटी सदस्य तथा कर्णाली प्रदेश सहइन्चार्ज गोरखबहादुर बोगटी, केन्द्रीय कमिटी सदस्यहरू विष्णु रिजाल, दल रावल र नगेन्द्र शाही (नेशनल) साथै केन्द्रीय प्रतिनिधि गेहेन्द्र दाहाल र जुम्ला जिल्ला अध्यक्ष शान्तिलाल महतले सम्बोधन गर्नुभएको थियो ।
काठमाडौं
काठमाडौ महानगरपालिका वडा नम्बर १० मा अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

पार्टी स्थायी कमिटी सदस्य रघुजी पन्तको आतिथ्यतामा कार्यक्रम सम्पन्न कार्यक्रममा पोलिटब्युरो सदस्य आनन्द पोखरेल साथै प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी सदस्यहरूको सहभागिता थियो । कार्यक्रममा पार्टीका अग्रज व्यक्तिहरूलाई सम्मानसमेत गरिएको थियो ।
तनहुँ
तनहुँको शुक्लागन्डकी नगरपालिका वडा नम्बर १ मा नेकपा वडा कमिटीको आयोजनामा मिसन ग्रासरूट अभियान कार्यक्रम सम्पन्न भएको छ । पार्टी स्थायी कमिटी सदस्य किरण गुरूङको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडाभित्रका ७३ जना जेष्ठ नागरिकहरू, २१ जना पूर्वजनप्रतिनिधिहरू र ११ जना चन्दादाताहरू गरी १०५ जनालाई सम्मान गरिएको पार्टी केन्द्रीय सदस्य सिमा श्रेत्रीले जानकारी दिनुभयो ।

मोरङ
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० त्रीवेणी टोलमा टोल भेला सम्पन्न भएको छ । पार्टी पोलिट्ब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यतामा भेला सम्पन्न भएको हो ।

भेलामा प्रदेश कमिटी सदस्यहरू राजकुमार ओझा, सुरेन्द्रबहादुर थापा, सन्जिव रोकाया साथै जिल्ला कमिटी सदस्यहरू र नगरकमिटी अध्यक्ष, पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।
स्याङजा
मिसन ग्रासरुट अभियानअन्तर्गत स्याङजाको विरुवा गाउँपालिका वडा नम्बर १ र ५ मा वडास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी पोलिट्ब्यूरो सदस्य लिलाबहादुर थापा मगरको प्रमुख आतिथ्यता र वडा नम्बर १ कमिटीका अध्यक्ष तारा कार्कीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सरकारले दलाल पूँजीलाई वढवा दिएको कारण देशमा चरम आर्थिक संकट आएकोले यसकाविरुद्ध निर्णायक संघर्ष जरुरी रहेको बताउनुभयो ।
प्रशिक्षण कार्यक्रममा गण्डकी प्रदेश कमिटीका उपसचिव रश्मि आचार्यले पार्टीभित्र पछिल्लो समय देखापरेका समस्या पहिचान गर्न, तिनको उपचार गर्न र पार्टीप्रति आम जनताको भरोसा वृद्धि गर्न ग्रासरुट अभियान कोसेढुङ्गा सावित हुने बताउनु भयो । कार्यक्रममा जिल्ला सचिवालय सदस्य सुर्य बहादुर कुँवर, पालिका अध्यक्ष प्रकाश थापा, उपाध्यक्ष कल्याण पोखरेल, सचिव गोपाल कोइरालाले आफ्नो धारणा राख्नुभएको थियो ।
सप्तरी
मिसन ग्रासरूट अभियानअन्तर्गत सप्तरीको क्षेत्र नम्बर ३ को समीक्षा बैठक डाक्नेश्वरी नगरपालिकाको पुरानो सभाहलमा सप्पन्न भएको छ । क्षेत्र कमिटी अध्यक्ष निरन्जन चौधरीको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकमा डाक्नेश्वरी नगरपालिका, शम्भुनाथ नगरपालिका, राजगढ गाउँपालिका, रूपनी गाउँपालिका, बिष्णुपुर गाउँपालिकाका अध्यक्षहरूले आ– आफ्नो पालिकाको अभियानको प्रगति बिवरणसहित अगामी योजनाको रणनीति र समिक्षा गरिएको छ ।

बैठकमा पार्टी पोलिटब्युरो सद्स्यद्वय सुमन प्याकुरेल र रामदयाल मण्डल ले प्रशिक्षण दिनुभएको थियो । यस्तै, केन्द्रीय सदस्य संजीव झाले मिसन ग्रासरुट अभियानअन्तर्गत विशेष योजना सहित आफ्नो मन्तब्य राख्नु भएको थियो ।
गोरखा
मिसन ग्रासरूट अभियानअन्तर्गत गोरखाको आरुघाट गाउँपालिका वडा नम्बर ३ मा कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य किशोरविक्रम मल्लको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष लाल बहादुर शिवाकोटीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रदेश कमिटी सचिवालय सदस्य सुरेन्द्र थापा, प्रदेश सदस्य भिम धमला, प्रदेश सल्लाहकार तेजबहादुर धमला लगायत नेताहरू सहभागी हुनुहुन्थ्यो । कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य मल्लले जनताको समस्या समाधान गर्ने र देशको विकास गर्ने पार्टी नेकपा एमाले मात्रै भएको र वर्तमान गठबन्धन सरकारले देशको ढुकुटी सक्ने र लुटपाट गर्ने बाहेक अरु केहि जनपक्षीय काम गर्न नसक्ने बताउनुभयो ।

कार्यक्रमले पार्टी सदस्यता नवीकरण, टोल कमिटीहरूको गठन पुनर्गठन गर्ने र वडा तहमा जनसङ्गठनहरू निर्माण गर्ने निर्णय गरेको छ ।
नवलपुर
मिसन ग्रासरुट अभियानअन्तर्गत नवलपुर जिल्लामा हालसम्म ९२ वडामध्य करीव ७० भन्दा बढी वडाहरूमा अभियानले पुर्णता पाएको छ । जिल्लाको बुलिङटार गाउँपालिकाको ६ बटै वडामा अभियान सम्पन्न भएको छ ।

अभियान अन्र्तगत जिल्लाका सबै जनवर्गीय संगठनहरूको सयुक्त बैठक सम्पन्न भएको छ । जिल्लाका अन्य ७ बटा पलिकामा पनि अभियान अन्तीम चरणमा पुगेको एमाले नवलपुरका अध्यक्ष मुक्तिराम पाण्डेले जानकारी दिनुभयो ।
अभियानअन्र्तगत आइतबार गैडाकोट नगरपालिकामा पार्टी केन्द्रीय सदस्य जमिन्द्रमान घलेको प्रमुख आतिथ्यतामा समिक्षात्मक बैठक सम्पन्न भएको छ । बैठकमा केन्द्रीय अभियान्तासमेत रहनुभएका घलेले अभियानले पार्टीलाई तन्दुरुस्त र चलायमान बनाउने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले अभियानलाई अझ प्रभावकारी बनाउन नगरभित्रका केन्द्रीय नेतृत्व, प्रदेश कमिटी, जिल्ला कमिटी र नगरका पदाधिकारीहरू जिम्मेवार भएर लाग्नुपर्ने धारणा व्यक्त गर्नुभयो । उहाँले गैडाकोट नगरपालिका भित्रका १७ बटा वडामा अभियान संचालन भई सकेको र वडा नं. ३ मा मात्र अभियान शुचारु हुन बाकी रहेको भन्दै अभियान सुरु भएका वडाहरूमा टोल कमिटीमार्फत अभियान प्रभावकारी बनाउन वडा र टोलको जिम्मेवारी पाएका कमरेडहरूले भूगोलमा खटेर लाग्न निर्देशन समेत दिनुभयो ।

अभियानअन्र्तगत शनिबार कावासोती नगरपालिका वडा नं. ६ मा पनि शनिबार पार्टी केन्द्रीय सदस्य भीम कार्कीको प्रमुख आतिथ्यतामा विस्तारीत बैठक सम्पन्न भएको छ । कार्कीले ग्रासरुट अभियानमार्फत पाटी सदस्यता नवीकरण तथा सदस्यता प्रदान गर्ने, टोल कमिटिहरू गठन तथा पुर्नगठन गर्ने, स्थानीय समस्याहरू बुझ्ने र सोको सामाधान गर्न पहल गर्ने बताउनुभयो ।
कावासोती नगरपालिका भित्रका १० वडाहरूमा अभियान संचालन भएका छन् भने टोलहरूमा समेत अभियान संचालन भएको नेकपा एमाले जिल्ला प्रचार विभाग प्रमुख सागर पोख्रेलले जानकारी दिनुभयो ।
बाँके
नेकपा (एमाले) का केन्द्रीय सदस्य लक्ष्मण ज्ञवालीले संगठनबिना सामाजिक, आर्थिक र राजनीतिक परिवर्तन असंम्भव हुने बताउनु भएको छ । मिसन ग्रासरूट अभियानअन्तर्गत बाँकेको डुडुवा गाउँपालिकास्तरीय जनवर्गीय संगठनको भेलालाई संबोधन गर्दै उहाँले एकल आवाजको स्वर सत्ता पक्षले नसुन्ने परिपाटीको विकास भएको सन्दर्भमा हरेक नागरिकले आफ्ना सवालको समाधानका लागि विचार मिल्नेहरूको संयुक्त पहल गर्नुपर्ने बताउनु भयो ।

डुडुवाबासीको जीवनस्तरमा अपेक्षाकृतरूपमा राजनीतिक परिवर्तनको सकारात्मक प्रभाव नपरेकाले अब नागरिक सशक्तरूपमा समस्या समाधानका लागि जुट्नै पर्ने र समस्या समाधानका लागि राजनीति अगुवाइ एमालेले गर्ने ज्ञवालीले बताउनु भयो ।

भेलामा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य मनोज वर्मा, गोपाल गिरी लगायत नेताहरूले मन्तव्य व्यक्त गर्नु भएको थियो । भेलाले युवासंघ, लोकतान्त्रिक महिला संघ, मुस्लिम इत्तेहात संगठन, अखिल नेपाल महिला संघलगायतका पालिकास्तरीय कमिटीको गठन तथा पूर्नगठन गरेको छ ।
उदयपुर
मिनस ग्रासरूट अभियानअन्तर्गत उदयपुरको रौतामाइ गाउँपालिका वडा नम्बर ७ मुर्कुचीमा प्रशिक्षण तथा अन्तरक्रिया, विभिन्न जनवर्गिय संगठनहरूको गठन एवम् पुनर्गठन, सदस्यता नवीकरण लगायतका कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश कमिटी सदस्यहरू भागवत राउत, गिता देवी रेग्मी, धनपती आचार्य, भेषराज थापा, होम दाहाल, जिल्ला उप–सचीव भरत थापा, जिल्ला कमिटी सदस्यहरू गजेन्द्र खड्का, कैलास बस्नेत, खगेन्द्र रास्कोटी ठकुरी, दिपेन्द्र दाहाल लगायत नेताहरूको सहभागीतामा कार्यक्रम भएको हो । कार्यक्रममले टोल कार्यक्रमको योजना तर्जुमासमेत गरेको छ ।
मोरङ
मिसन ग्रासरुट अभियानअन्तर्गत मोरङको मिम्लाजुङ गाउँपालिकामा नेपाल बुद्धिजीवी परिषदको भेला सम्पन्न भएको छ । भेलाले तिलप्रसाद पाण्डेको अध्यक्षतामा १५ सदस्ययीय गाउँ कमिटी चयन गरेको छ ।

८ कम्युनिस्ट आन्दोलनको आधार इलाका रहेको मिक्लाजुङ, फाशिष्ट पञ्चायती बर्बरतासंग जुझ्दै जनवादी संस्कृति निर्माण गर्न जुटेका पुरान पुस्ता, पछिल्लो पुस्ताका वाम बुद्धिजीवीसहितको उपस्थितिमा भेला सम्पन्न भएको हो ।
भेलालाई नेताहरू जितु गौतम, पुराना कम्युनिस्ट नेता कमल दहाल, नेकपा(एमाले) कोशी प्रदेश कमिटी सदस्य टीकाराम पुरी, नेपाल बुद्धिजीवी परिषद मोरङका अध्यक्ष सोमराज थापा र कोषाध्यक्ष रिता पाठक लगायत नेताहरूले सम्बोधन गर्नुभएको थियो ।
नुवाकोट
मिसन ग्रासरूट अभियानअन्तर्गत नुवाकोटको पञ्चकन्या गाउपालिकामा पालिका कमिटीको संयोजनमा बृहत् भेला सम्पन्न भएको छ ।

भेलाले वडा र पालिकास्तरीय अखिल नेपाल महिला संघ, नेपाल उत्पीडित जातिय मुक्ति समाज, अखिल नेपाल किसान महासंघ, आदिवासी जनजाति महासंघको कमिटी गठन तथा पुनर्गठन गरेको छ ।















प्रतिक्रिया