३० आश्विन २०८३, शुक्रबार

प्रतिनिधि सभाको नियमावली मस्यौदा प्रतिवदेन पारित (भिडिओ)

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवदेन सर्वसम्मतले पारित भएको छ ।

आज आइतबार बसेको प्रतिनिधिसभा बैठकले समितिको तर्फबाट रमेश लेखकले पेश गर्नुभएको नियमावली मस्यौदा समितिको प्रतिवदेनलाई पारित गरेको हो ।

बैठकमा सांसदहरुले राखेका केहि संशोधनलाई स्वीकार गरिएको थियो भने केहि संशोधन प्रस्ताव फिर्ता भएको थियो । नियमावलीको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिदै लेखकले सांसदहरुले राखेका संशोधन प्रस्तावहरुको भावनालाई समेट्ने गरि परिमार्जन गरिएको जानकारी दिए ।

संसदको बैठक १ बजे बस्ने र एकघण्टाभित्र बैठक सुरु हुन नसके अर्को बैठकको समय तोक्नुपर्ने व्यवस्था गरिएको लेखकले बताए । त्यस्तै नियमावलीमा कार्यव्यवस्था परामर्श समितिको बैठक अधिवेशन चालू रहेको अवस्थामा नियमित रुपमा र अन्य समयमा आवश्यकता अनुसार बस्ने उल्लेख गरिएको छ ।