३० आश्विन २०८३, शुक्रबार

मिटरब्याज पीडितका समस्याबारे संसदमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । मिटरब्याज पीडितका समस्याबारे प्रतिनिधि सभामा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिएको छ ।

आज आइतबार बसेको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक महत्वको जरुरी प्रस्ताव प्रस्तुत गरेका हुन् ।

‘मिटरब्याज पीडितका समस्या समाधान गर्न सरकार गम्भीर छ र यसका लागि पहल सुरू भइसकेको छ,’ गृहमन्त्री श्रेष्ठले भने, ‘पहिले बनाएको कार्यदलले कारबाहीको सिफारिस गरेको थियो, त्यसैका आधारमा मिटरब्याज पीडितको समस्यालाई समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने तयारी भइरहेको छ ।’

आगामी मन्त्रिपरिषद्को बैठकमा मिटरब्याजी पीडितको समस्या समाधान गर्न सर्वाधिकार सम्पन्न आयोग गठन गर्ने प्रस्ताव लैजाने र कानुनमा संशोधन गर्न संसद्मा विधेयक प्रस्तुत गर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।