३ कार्तिक २०८३, मंगलबार

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

1.1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ चैत । नेपाली सुुनचाँदी बजारमा साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

आइतबार छापावाल सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले घटेर एक लाख आठ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला एक लाख नौ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो ।

आइतबार तेजाबी सुन प्रतितोला एक लाख आठ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।

आज चाँदीको मूल्य भने प्रतितोला दश रुपैयाँले बढेर एक हजार चार सय दश रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।