३० आश्विन २०८३, शुक्रबार

कांग्रेस, माओवादी र नेकपा एसबाट दर्जनौँ नेता–कार्यकता एमालेमा प्रवेश

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १८ चैत । पार्टी सुदृढीकरण तथा विस्तारका लागि नेकपा एमालेले सञ्चालन गरिरहेको ‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत हुम्ला र कास्कीमा भएको विभिन्न कार्यक्रममार्फत कांग्रेस, माओवादी र नेकपा एसलगायत पार्टी परित्याग गरी दर्जनौं नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।

हुम्लामा माओवादी केन्द्रका जिल्ला समन्वय कमिटीका सदस्य कृष्ण कार्की (परिवर्तन)सहित नवराज शाही, कल्पना छत्याल (शाही), धनपुरी विक र लट्टु सिंहलगायत आठ जना, कांग्रेसबाट सर्केगाड गाउँपालिका ५ गोठीका नवराज शाही, कल्पना छत्याल (शाही), धनपुरी विक र लट्टु सिंह तथा नेकपा एसबाट बकेन्द्र जैशी र बाँचकली जैशी एमालेमा प्रवेश गरेका छन् ।

यसैगरी कास्की पोखरा महानगरपालिका वडा नं. ३३ मा माओवादी केन्द्र र नेकपा एस परित्याग गरी नेताहरू टुकराज भण्डारी, बद्रीनाथ आचार्य, रविप्रसाद आचार्य, मीनबहादुर नेपाली, प्रवीण आचार्य, सुमन पौडेल रामेश्वर बस्ताकोटी, कृष्णप्रसाद पौडेलसहितका दर्जन बढी नेता कार्यकर्ताहरू एमाले प्रवेश गरेका छन् ।

उनीहरूलाई मिसन ग्रासरुट अभियानका लागि हुम्लामा खटिएका एमाले सचिव योगेश भट्टराई र कास्कीमा खटिएका केन्द्रीय कमिटी सदस्य मायानाथ अधिकारीले पार्टीमा स्वागत गरे ।