
काठमाडौं, १८ चैत । नेकपा एमालेले नेपाल कम्युनिष्ट पार्टीको ७५औं स्थापना दिवस वर्षभरि भव्यताका साथ मनाउने निर्णय गरेको छ ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालयको १९औँ पूर्ण बैठकले कम्युनिष्ट पार्टीको स्थापना दिवस वर्षभरि मनाउने निर्णय गरेको हो ।
बैठकले उपनिर्वाचनका लागि उम्मेदवार चयन, मिटरव्याजबाट पीडित बनेकाहरूबारे गम्भीर ध्यानाकर्षण र आर्थिक सङ्कट निम्तिनाका कारण र त्यसको समाधानका उपायबारे गम्भीर रुपमा छलफल गरेको जनाएको छ ।















प्रतिक्रिया