
काठमाडौं, १८ चैत । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३८ जना नयाँ संक्रमित थपिएका छन् ।
पीसीआर र एन्टिजेन विधिबाट ६५६ जनाको स्वाब परीक्षण गर्दा ३८ जनामा सङ्क्रण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा ११८ जनाको पीसीआर परीक्षण गर्दा १५ जना र ५३८ जनाको एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण पुष्टि भएको हो । अघिल्लो दिन १४२ जना संक्रमित थपिएका थिए ।
यस्तै, पछिल्लो २४ घण्टामा ७ जना संक्रमित निको भएका छन् भने कोही पनि संक्रमितको मृत्यु भएको छैन । हाल देशभर सक्रिय संक्रमितको संख्या १७१ जना छ ।
अद्यावधिक विवरण अनुसार नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख १ हजार ३८४ जना पुगेको छ भने ९ लाख ८९ हजार १९३ जनाले संक्रमण जितेर निको भएका छन् ।
कारोना संक्रमणका कारण हालसम्म नेपालमा १२ हजार २० जनाको मृत्यु भइसकेको छ ।
मन्त्रालयका अनुसार हालसम्म नेपालमा ६० लाख २० हजार ६३७ जनाको पीसीआर र १५ लाख ४० हजार ४४४ जनाको एन्टिजेन विधिबाट स्वाब परीक्षण गरिएको छ ।















प्रतिक्रिया