शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

दैनिक नेपाल २०७९ चैत १६ गते १०:४३

काठमाडौं, १६ चैत । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले घटेर १ लाख ८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार छापावाल सुन प्रतितोला १ लाख ८ हजार ५ सयमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला १ लाख ७ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यसैगरी, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले बढेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि बुधबार चाँदी प्रतितोला १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित