१ कार्तिक २०८३, शनिबार

अभिनेता शिव श्रेष्ठले ‘पोडकास्ट’ चलाउने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ चैत । पछिल्लो समय गुमनाम जस्तै रहेका अभिनेता शिव श्रेष्ठ पोडकास्टमार्फत दर्शकमाझ आउने भएका छन् ।

उनले “शिवदाई” नामक पोडकास्ट सञ्चालन गर्ने भएका हुन् । उनले मंगलबार आफ्नै नामको च्यालनबाट एक प्रोमो सार्वजनिक गर्दै आफ्नो फिल्मी जिवनमा भोगेका अनकौं भोगाइलाई कार्यक्रममा प्रस्तुत गर्ने जानकारी दिएका छन् ।

नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिएका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तिहरुसँग कार्यक्रममा कुराकानी गर्नेछन् ।

विजनेस दर्शन मिडिया हाउस प्रालिको सहकार्यमा उनले कार्यक्रम सञ्चालन गर्ने तयारी गरेका हुन् ।