बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

अभिनेता शिव श्रेष्ठले ‘पोडकास्ट’ चलाउने

दैनिक नेपाल २०७९ चैत १४ गते ८:२८

काठमाडौं, १४ चैत । अभिनेता शिव श्रेष्ठले ‘शिव दाइ’ नामक ‘पोडकास्ट’ सञ्चालन गर्ने भएका छन् ।

नेपाली सिनेमा उद्योगमा करिब ४१ वर्ष बिताएका अभिनेता श्रेष्ठले आफ्नो सिनेमा यात्रामा जोडिका कलाकार, रंगकर्मी तथा अन्य क्षेत्रका विशिष्ठ व्यक्तीहरुसँग अन्तरंग कुराकानी गर्ने गरी कार्यक्रम सञ्चालनको तयारी गरेका हुन् ।

नेपाली फिल्ममा अहिले पनि शीर्ष भूमिकामा रहने श्रेष्ठको पछिल्लो समय सार्वजनिक भएको चलचित्र प्रेम गीत-३ ले नेपाल र भारतमा लोकप्रियता कमाएको थियो ।

उनले प्रोमोमा भावुक हुँदै भनेका छन्, ‘आज मैले रोकेर आफूलाई रोक्न सकिन । मलाई बनाउने दर्शक, स्रोतालाई म यस कार्यक्रमबाट सम्झिन सकुँ ।’

उनले आफ्नो कार्यक्रम मार्फत आफैलाई नजिकबाट चिन्न सक्ने बताएका छन् । उनले एक औपचारिक कार्यक्रम मार्फत कार्यक्रमको औपचारिक घोषणा गर्ने तयारी भएको बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित