आइतबार, १६ वैशाख २०८१
DainikNepal.com
आइतबार, १६ वैशाख २०८१

एमाले अध्यक्ष ओलीको जेल जीवनको अनुभव युट्युबमा (भिडिओसहित)

दैनिक नेपाल २०७९ चैत १३ गते १२:४१

काठमाडौं, १३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो जेल जीवनको भोगाइलाई समेटेर भिडिओ सार्वजनिक गरेका छन् ।

अध्यक्ष ओलीले आफ्नै युट्युब च्यानल ‘केपी बा’ च्यानलमा ‘मेरो जेल अनुभव र नयाँ पुस्ता’ शीर्षकको २९ मिनट लामो भिडिओ सार्वजनिक गरेका हुन् ।

युट्युबमा उनको यो दोस्रो भिडियो हो । जेलभित्रको जेलका रुपमा मानिने गोलघर भित्रको आफ्नो जीवनबारे बताएका छन्।

अध्यक्ष ओलीले ७१ औं जन्मदिनको अवसरमा युट्युब च्यानल सञ्चालनमा ल्याएका थिए । उनले पहिलो भिडिओ ‘ती तीन मृत्यु, जसले मलाई छोएर गए’ अपलोड गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित