
काठमाडौं, १३ चैत । सौन्दर्यप्रति सचेत महिला तथा पुरुषहरुको रोजाइमा परेको रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयरले आउँदै गरेको नयाँ वर्ष २०८० को उपलक्ष्यमा आफ्नो सेवा सुविधामा भारि छुट दिने भएको छ ।
अन्तराष्ट्रिय स्तरको प्रविधि र सेवामूलक सम्पूर्ण सेवा सुविधा सम्पन्न भएको नेपालको एक मात्र चर्चित तथा सुन्दरताको पारखीहरुको सर्वाधिक रोजाइमा परेको रश्मिलाज फेसियल हाउसले हेयर केराटिन स्ट्रेटमा ५०% सम्म छुटको व्यवस्था गरेको छ भने अन्य सेवाहरुमा समेत स्पेसल अफरको व्यवस्था गरेको छ । रश्मिलाज फेसियल हाउसले काठमाडौं मल सुन्धारा, बिजी मल गंगबु र बुद्ध मल माछापोखरीबाट सेवा प्रदान गर्दै आएको छ।
आफ्नो ग्राहकहरुको सेवा सुविधालाइ ध्यानमा राख्दै आधुनिक पद्दतिद्वारा महिला तथा पुरुष सौन्दर्यको लागि सम्पुर्ण सेवा प्रदान गर्दै आएको र ग्राहकहरुको विश्वास, माया, काम प्रतिको इमान्दारिता मेहनत र उच्चस्तरिय गुणस्तरीय सेवानै फेसियल हाउसको विशेषता रहेको रश्मिलाजकी अध्यक्ष रश्मिला श्रेष्ठ बताउँछिन् ।
रश्मिलाज फेसियल हाउस एण्ड ब्यूटी केयर सौन्दर्य प्रति सचेत महिला पुरुषको लागि एकमात्र भरपर्दो गन्तव्य हो । जहाँ दक्ष अनुभवि सौन्दर्यकर्मी बाट सेवा लिन पाउनेछन् । हाउसले सौन्दर्य सम्बन्धि विशेष प्याकेजको व्यावस्थाको साथै तालिम पनि दिँदै आएको छ ।
महिला तथा पुरुष ग्राहकहरुको लागि खोलिएको गुणस्तरलाई नै पहिलो प्राथमिकता दिँदै आएको यस हाउसमा फेसियल, हाइड्रा फेसियल, केराटिन, स्मुथिंग, स्किन मेन्टेन, रिंकल कन्ट्रोल, दाग कन्ट्रोल, स्पेसल डिजाइनमा हेयर कटिङ, चायापोतो हटाउने, ट्याटु हटाउने आदि सेवाहरु प्रदान गर्दै आएको श्रेष्ठले जानकारी दिइन् ।















प्रतिक्रिया