
काठमाडौं, ११ चैत । नेपालमा जारी प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिता अन्तर्गत आज शनिबार भुटान र लाओसबीचको खेल हुँदैछ ।
खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सुरु हुँदैछ । जारी प्रतियोगितामा भुटानको यो पहिलो खेल हो भने लाओसको दोस्रो खेल हो । यसअघि पहिलो खेलमा लाओस नेपालसँग २–० ले पराजित भएको थियो । लोआस आजको खेलमा पहिलो जित निकाल्दै फाइनलमा पुग्ने सम्भावना कायम राख्न चाहन्छ ।
प्रतियोगितामा आयोजक नेपालसहित भुटान र लाओसको सहभागिता रहेको छ । नेपालले मंगलबार १४ चैतमा भुटानसँग खेल्नेछ ।
फिफा विन्डो अन्तर्गत सिंगल राउण्ड रोबिनको आधारमा भइरहेको प्रतियोगिताको शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते खेल्नेछ ।
प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर प्राप्त गर्नेछ भने उपविजेता टोलीले ३ हजार डलर प्राप्त गर्ने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ ।















प्रतिक्रिया