७ कार्तिक २०८३, शनिबार

आज पनि बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० चैत । नेपाली बजारमा साताको अन्तिम दिन आज शुक्रबार पनि सुनको मूल्य बढेको छ ।

बिहीबार प्रतितोला १२ सयले बढेको छापावाल सुन आज शुक्रबार पनि ८ सय बढेर प्रतितोला १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि, बिहीबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यसैगरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी बिहीबारकै मूल्यमा अर्थात प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।