१ कार्तिक २०८३, आइतबार

श्रीलङ्कामा स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगित

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कोलम्बो, १० चैत । श्रीलङ्काको निर्वाचन आयोगले स्थानीय परिषद्को निर्वाचन अनिश्चितकालका लागि स्थगन गरिएको घोषणा गरेको छ ।

आयोगका सदस्यहरूको बैठकपछि सञ्चारकर्मीलाई सम्बोधन गर्दै निर्वाचन आयुक्त समन श्री रत्नायकेले निर्वाचन कहिले गर्ने भन्ने विषयमा आयोगबीच सहमति हुन नसकेको बताए । आयोगले चाँडै नै राजनीतिक दलका प्रतिनिधिसँग कुरा गर्ने र त्यसपछि उनीहरूका वकिलसँग भावी कार्ययोजनाका बारेमा परामर्श गर्ने उनले बताए ।

स्थानीय परिषद्को निर्वाचन सुरुमा मार्च ९ का लागि तय गरिएको थियो तर ट्रेजरीले रकम उपलब्ध नगराएपछि अप्रिल २५ का लागि सारिएको थियो । श्रीलङ्कामा स्थानीय निकायको निर्वाचन चार वर्षमा एकपटक हुने संवैधानिक व्यवस्था छ । सिन्ह्वा