
काठमाडौं, ९ चैत । भारतीय काँग्रेस आईका नेता राहुल गान्धी मानहानी मुद्दामा दोषी ठहर भएका छन् ।
उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई लक्षित गरी अभिव्यक्ति दिएका थिए । उनले सबै मोदी थर हुनेहरु चोर किन हुन्छन् भन्ने अभिव्यक्ति दिएका थिए ।
गुजरातस्थित सुरत जिल्ला अदालतले गान्धीलाई २ वर्षको जेल सजाय सुनाएको हो । गान्धीलाई अदालतले लगत्तै धरौटीमा ३० दिनको लागि रिहासमेत गरेको छ । जसले गर्दा उनी जेल भने बस्नु परेन ।
राहुलले २०१९ मा गान्धीविरूद्द अभिव्यक्ति दिएका थिए । उनको अभिव्यक्तिपछि मोदी समाजको अपमान भएको भन्दै पूर्णेश मोदीले मानहानी मुद्दा दायर गरेका थिए ।















प्रतिक्रिया