
काठमाडौं, ९ चैत । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।
बुधबार प्रतितोला २ हजार रुपैयाँले घटेको छापावाल सुनको मूल्य बिहीबार १२ सयले बढेर १ लाख ९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यसअघि बुधबार १ लाख ७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार बिहीबार चाँदी २५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३६० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार चाँदी प्रतितोलामा ५ रुपैयाँले घटेर १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।















प्रतिक्रिया