
टेक्सस (अमेरिका), ८ चैत । टेक्सस नेपाली समाजका पूर्वअध्यक्ष कृष्ण लामिछाने टेक्सस स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका छन् ।
लामिछाने मंगलबार टेक्ससस्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेका हुन् । उनको मृत्युको कारण भने खुल्न सकेको छैन् । उनको शवलाई प्रहरीले पोष्टमार्टमका लागि अस्पताल लगेको छ ।
लामिछाने पछिल्लो एनआरएनए अमेरिकाको अध्यक्षका लागि भएको चुनावमा पराजित भएका थिए । उनी जनसम्पर्क समिति अमेरिका स्थापनामा पनि सक्रिय थिए ।
टेक्ससमा व्यवसाय गर्दै आएका उनी सक्रिय सामाजिक अभियन्ताको रुपमा परिचित थिए । लामिछाने टेक्ससमा नेपाली समुदायलाई आपत-विपद् पर्दा पुग्ने गरेका थिए ।













प्रतिक्रिया