२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS : राष्ट्रपति रामचन्द्रको पहिलो औपचारिक कार्यक्रम घोडेजात्रा !

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइएको छ ।

हरेक वर्ष चैत कृष्ण औंसीका दिन घोडेजात्रा पर्व मनाउने चलन छ । उपत्यकाका नेवार समुदायले आजको दिनलाई पिशाच चतुर्दशीका रुपमा भोजभतेर गरेर मनाउने गर्दछन् ।

मंगलबार टुँडिखेलमा नेपाली सेनाले विशेष कौशल देखाएको थियो । राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति रामचन्द्र पौडेलको उपस्थितीमा सैनिक मञ्चमा विविध अश्वकलाले भरिपूर्ण रोचक कार्यक्रम गरी घोडेजात्रा मनाइएको हो ।

समारोहमा अश्वकलाअन्तर्गत दुई चरणमा टाङ्गन घोडा दौड, शो जम्प, झन्डोत्तोलन, ड्रिल राइड, घोडचढी आर्चरीलगायतका विविध रोमाञ्चक कलाहरू प्रदर्शन गरिएको थियो ।

ललितपुरमा पनि एउटा घोडा दौडाएर घोडे जात्रा मनाइएको थियो ।