१ कार्तिक २०८३, आइतबार

हिन्दी वेब सिरिज ‘पाताल लोक-२’मा प्रशान्त तामाङ देखिने

308
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ चैत । अभिनेता तथा गायक प्रशान्त तामाङ बहुप्रतिक्षित हिन्दी वेब सिरिज‘पाताल लोक-२’मा देखिने भएका छन् ।

अमेजन प्राइम भिडियोको सिरिज पाताल लोकको दोस्रो भागमा आफ्नो अभिनय रहेको तामाङले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

तामाङले सिरिजको छायांकन सकिएको समेत जनाएका छन् । आइतबार साँझ आफ्नो इन्स्टाग्राम स्टोरीमार्फत् सिरिजको छायांकन पूरा भएको उनले जनाएका हुन् । सिरिजमा आफ्नो भूमिका बारे भने उनले केहि खुलाएका छैनन् ।

यहि वर्ष २०२३ को अन्तिममा अमेजन प्राइम भिडियोमा रिलिज हुनसक्ने सिरिजको मुख्य भूमिकामा बलिउड अभिनेता जयदीप अहलावत, स्वस्तिका मुखर्जी, गुल पनाग, नीरज कवि, इश्वाक सिंह, निहारिका लिरा दत्त लगाएत रहेका छन् ।

तरुण तेजपालको उपन्यास ‘द स्टोरी अफ माइ असासिएन्स’मा आधारित यो सिरिजको निर्देशन अविनाश अरुण र प्रोसित रोयले गरेका छन् ।

क्राइम थ्रिलर जनरामा बनेको यो सिरिजको पहिलो भाग २०२० मा रिलिज भएको थियो । स्मरण रहोस् यो सिरिजको पहिलो भागमा नेपाली भाषी महिलाको अस्मितामाथि चोट पुग्ने शब्द प्रयोग गरिएको थियो । जसको कारण तत्तकालिन समयमा सिरिजको चौतर्फी विरोध भएको थियो ।