
काठमाडौं, ७ चैत । राहदानी विभागले आज मंगलबार घोडे जात्राको विदाको दिन पनि आफ्नो सेवा दिने भएको छ ।
सरकारले घोडेजात्राका अवसरमा आज काठमाडौं उपत्यकामा सार्वजनिक विदा दिए पनि राहदानी विभागले भने आफ्नो सेवा नरोकिने जनाएको छ ।
विभागका सूचना अधिकारी खिमानन्द भुसालका अनुसार मंगलबार बिहान १० देखि दिउँसो साढे २ः३० बजेसम्म विभाग खुल्ने र सेवा प्रदान गरिनेछ ।











प्रतिक्रिया