३१ आश्विन २०८३, शनिबार

प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी पूरा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ चैत । अखिल नेपाल फुटबल संघ एन्फाले प्रधानमन्त्री कप त्रिदेशीय फुटबल प्रतियोगिताको तयारी पूरा भएको जनाएको छ ।

एन्फाले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चैत्र ८ गतेदेखि १७ गतेसम्म हुने प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो । प्रतियोगितामा नेपाल, भुटान र लावस सहभागी हुनेछन् ।

तीन राष्ट्रहरुले दशरथ रंशालामा सिंगल राउन्ड रोविन आधारमा हुने खेलमा उत्कृष्ट दुई राष्ट्रबीच फाइलन खेल हुनेछ । प्रतियोगिता फिफा विन्डोअन्तर्गतका मितिहरुमा खेलिने एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

उनले प्रतियोगितामा प्रथम हुने राष्ट्रलाई ५ हजार अमेरिकी डलर, द्धितिय पुरस्कार तीन हजार अमेरिकी डलर पुरस्कार पाउने जानकारी दिए ।