२९ आश्विन २०८३, बिहिबार

साइकल र्‍याली गर्दै मनाइयो विश्व मुख स्वास्थ्य दिवस (तस्वीरसहित)

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन, ६ चैत । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) भरतपुरले साइकल र्‍याली आयोजना गरी विश्व मुख स्वास्थ्य दिवस मनाएको छ ।

दिवसको अवसरमा जनचेतना जागृत गर्न साइकल र्‍याली आयोजना गरिएको बताइएको छ ।

अस्पताल प्राङ्गणबाट शुरु भएको साइकल र्‍याली दीपेन्द्रचोक, लायन्सचोक, पुलचोक हुँदै गैंडाकोटको मौलाकालिका फेदी पुगेको थियो । र्‍याली पुन: कलेज प्राङ्गणमा आएर समापन भएको थियो ।

र्‍यालीमा सहभागीहरूले मुख स्वास्थ्यसम्बन्धी विभिन्न जनचेतनामूलक नारा अंकित प्लेकार्ड बोकेका थिए । हरेक वर्ष २० मार्चका दिन विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ ।