शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

सुनको मूल्य घट्यो, यस्तो छ आजको मूल्य

दैनिक नेपाल २०७९ चैत ६ गते १०:४८

काठमाडौं, ६ चैत । आइतबार नेपाली सुनचाँदी बजारमा प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेको छापावाला सुनको मूल्य आज सोमबार ७ सय रुपैयाँले घटेको छ ।

सोमबार छापावाला सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेर १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

यसअघि आइतबार छापावाल सुन प्रतितोला २ हजार ९ सय रुपैयाँले बढेर  एक लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो । जुन हालसम्मकै नेपाली सुन बजारको इतिहासमा सबै भन्दा उच्च मूल्य थियो ।

आज तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार तेजाबी सुन प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको छ । सोमबार चाँदी प्रतितोला १५ रुपैयाँले घटेर १ हजार ३ सय ३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यसअघि आइतबार चाँदी ३५ रुपैयाँले बढेर १ हजार ३ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित