शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

आजको मौसमः यी ४ प्रदेशमा मेघ गर्जनसहित वर्षाको सम्भावना

दैनिक नेपाल २०७९ चैत ६ गते ६:३९

काठमाडौं, ६ चैत । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको छ ।

महाशाखाका अनुसार यस्तो छ आजको मौसमः

२०७९ चैत ६ गते (सोमबार) 

दिउँसोː  देशभर सामान्य देखि पूर्ण बदली रहने छ । बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

रातीː  देशभर आंशिक देखि सामान्य बदली रहने छ । देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा तराई भू-भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका  लागि  चेतावनी  तथा  परामर्श:

बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका केही स्थानहरुमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ तथा  हावा-हुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ ।

प्रतिक्रिया
सम्बन्धित