३० आश्विन २०८३, शुक्रबार

मकवानपुरको वंशगोपालमा अनेरास्ववियूको प्यानलनै विजयी (मतसहित)

196
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा, ५ चैत । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनअन्तर्गत मकवानपुरको हेटौंडा उपमहानगर–६ स्थित वंशगोपाल बहुमुखी क्याम्पसमा अनेरास्ववियूको प्यानलनै विजयी भएको छ ।

आइतबार भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार वंशगोपालको स्ववियु सभापतिमा अनेरास्ववियूका दिवस सिलवालको प्यानलनै विजयी भएको हो ।

सिलवालले १८ मत प्राप्त गर्दै विजयी हुँदा उनका निकटतम् प्रतिस्पर्धी राप्रपा निकट राप्रविसंकी मनिका गौतमले ९ मत प्राप्त गरिन् ।

यसैगरी, सचिवमा अनेरास्ववियुकी प्रतिमा लामिछाने २० मत, कोषाध्यक्षमा रुपा राई १७ मत, सदस्यहरुमा सपना राउत २३ मत, सुजन गोले १७ मतसहित निर्वाचित भएका छन् ।

सिलवालको प्यानलमा नेकपा (एमाले) निकट अनेरास्ववियु, नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू र नेत्रविक्रम चन्द नेतृत्वको नेकपानिकट अखिल (क्रान्तिकारी)बीच चुनावी तालमेल थियो भने गौतमको प्यानलमा नेपाली कांग्रेसनिकट नेविसंघ, माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारी र राप्रपानिकट राप्रविसंबीच तालमेल थियो ।

जिल्लाको ८ वटा क्याम्पसमध्ये आज ७ वटा क्याम्पमा निर्वाचन भएको छ । जिल्लाको ७ वटै क्याम्पसहरुमा दुई प्यानल बनाएर विद्यार्थी संगठनहरु निर्वाचनमा भाग लिएका छन् ।

जिल्लाको मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, वन विज्ञान अध्ययन संस्थान, जनप्रिय बहुमुखी क्याम्पस, निर्मल बहुमुखी क्याम्पस र मनहरि बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनको नतिजा भने आउन बाँकी रहेको छ ।

यसअघि जिल्लाको पालुङ बहुमुखी क्याम्पसमा भने माओवादी केन्द्रनिकट अखिल क्रान्तिकारीका पुष्कल श्रेष्ठ अध्यक्षमा सर्वसम्मत निर्वाचित भइसकेका छन् ।