
काठमाडौं, ५ चैत । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप लगाएको छ ।
प्रतिनिधिसभाको आज आइतबार बसेको बैठकमा एमाले सांसदहरुले प्रधानमन्त्री स्वयम् संसदमा रहँदारहँदै अर्को व्यक्तिलाई पेस गर्न दिनु संसदप्रतिकै अवहेलना भएको भन्दै विरोध जनाएका हुन् ।
साथै उनीहरुले महत्वपूर्ण बिधेयकहरु मन्त्रीलाई पेश गर्न दिएर प्रधानमन्त्रीले संसदलाई महत्व नदिएको आरोप उनीहरूले लगाएका छन् ।
संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक पेस गर्नका लागि प्रधानमन्त्रीको तर्फबाट सञ्चार तथा सूचाप्रविधिमन्त्री रेखा शर्मालाई समय दिएपछि एमाले सांसद योगेश भट्टराईले प्रधानमन्त्री नै संसदमा उपस्थित भएको अवस्थामा अर्को मन्त्रीले बिधेयक पेश गर्नु सुहाउँदो नभएको भन्दै बिधेयक पेशका लागि प्रधानमन्त्रीलाइ रुलिङ गर्न माग गरे ।
त्यस्तै एमालेकै अर्का सांसद रघुजी पन्तले पनि सरकार जन्माउने संसदलाई प्रधानमन्त्रीले महत्व दिए संसदकै गरिमा बढ्ने बताए । संसद्को शून्य समयमा सांसदहरुले उठाएको कुराको प्रधानमन्त्रीले सम्बोधन गर्नुपर्ने भन्दै उनले प्रधानमन्त्रीलाई जवाफ दिनका लागि संसद्बाट रुलिङको माग गरे ।
शुन्य समयमा जनताका विभिन्न विषयहरुलाई सांसदले उठाए पनि सरकारले वास्ता नगरेको पन्तको भनाइ छ ।















प्रतिक्रिया