३० आश्विन २०८३, शुक्रबार

‘बाइकर्स होम’को अवधारणामा रोयल इनफिल्डको दुई वटा शोरूम सञ्चालन, १२ वटा पाइपलाइनमा

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ५ चैत । ‘बाइकर्स होम’को अवधारणामा रोयल इनफिल्ड मोटरसाइकलको दुई वटा शोरूम सञ्चालनमा ल्याइएको छ ।

नेपालका लागि रोयल इनफिल्ड मोटरसाइकलको आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रालिले कम्पनीको मापदण्ड अनुसार काठमाडौंको नक्सालस्थित नारायणचौर र कोटेश्वरको बालकुमारीमा आज आइतबादेखि शोरूम सञ्चालनमा ल्याएको हो ।

आज आयोजित विशेष कार्यक्रममार्फत त्रिवेणी ग्रुपका अध्यक्ष पुरुषोत्तम लाल संघाइले ती दुई वटा शोरूमको उद्घाटन गरे । रोयल इनफिल्ड मोटरसाइकल शोरुम ‘बाइकर्स होम’को अवधारणामा निर्माण गरिएको कम्पनीले जनाएको छ ।

योसँगै अल्फा अटोमोटिभको आफ्नो डिलर समेत गरी शोरूम संख्या ६ वटा पुगेको छ । कम्पनीले यसअघि पोखरा, बुटवल, धरान र इटहरीमा शोरूम सञ्चालन गरिसकेको छ ।

यस्तै, कम्पनीले यही चैतभित्र बिर्तामोड, टाँडी, सुर्खेत र भक्तपुर तथा आगामी असारभित्र विराटनगर, राजविराज, जनकपुर, हेटौंडा, नारायणगढ, दाङ, नेपालगञ्ज र त्रिपुरेश्वरमा शोरूम सञ्चालनको तयारी गरेको जनाएको छ ।

सञ्चालनमा आएको शोरुमबाट बाइक, राइडिङ गियर, जेनविन मोटरसाइकल एसोसेरिज, स्पेयर पार्टस बिक्री तथा बिक्रीपछिका सेवाको व्यवस्था गरिएको छ ।

‘कम्पनीको मुख्य उद्देश्य ग्राहकलाई सन्तुष्टि दिनु नै हो,’ कम्पनीद्वारा जारी गरिएको विज्ञप्तिमा लेखिएको छ, ‘रोयल इनफिल्ड विश्वको एक मात्र सबभन्दा पुरानो मोटरसाइकल कम्पनी हो जसले सन् १९०१ देखि निरन्तर मोटरसाइकल उत्पादन, वितरण र ग्राहकलाई सन्तुष्टि प्रदान गरिरहेको छ ।’

अल्फा अटोमोटिभ त्रिवेणी ग्रुपको अटोमोटिभ डिभिजनअन्तर्गतको कम्पनी हो । यो ग्रुपले उत्पादनमुलक उद्योग–व्यवसाय, बैंकिङ, बीमा एवम् सर्भिस सेक्टरमा काम गर्दै आएको छ ।