शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

एमडीएसी स्पोर्ट्सद्वारा राष्ट्रिय क्रिकेट टीमलाई सम्मान (फोटो फिचर)

दैनिक नेपाल २०७९ चैत ४ गते २२:४७

काठमाडौं, ४ चैत । एमडीएसी स्पोर्ट्सले आइसीसी विश्वकपको ग्लोबल छनोटमा पुग्न सफल नेपाली राष्ट्रिय क्रिकेट टीमलाई सम्मान गरेको छ ।

ए डिभिजन लिगको मार्केटिङ कम्पनी समेत रहेको एमडीएसीले शनिबार दशरथ रंगशालामा राष्ट्रिय क्रिकेट टीमलाई सम्मान गरेको हो ।

ए डिभिजन लिगअन्तर्गत मनाङ मर्स्याङ्दी क्लब र एपीएफ क्लबबीचको खेल दौरान अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकज विक्रम नेम्वाङ, काठमाडौं महानगरपालिकाका मेयर बालेन साहलगायतले खेलाडीलाई सम्मान गरेका हुन् ।

विश्वकप क्रिकेट लिग टू मा उत्कृष्ट प्रदर्शन गर्दै विश्वकप छनोटमा सोझै छनोट भएको भन्दै क्रिकेट टीमलाई सम्मान गरिएको एमडीएसी स्पोर्ट्सले जनाएको छ ।

लिग टू अन्तर्गत टीयु क्रिकेट मैदानमा भएको त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा बिहीबार युएईलाई पराजित गर्दै नेपाल जिम्बावेमा आयोजना हुने विश्वकप छनोटमा सोझै छनोट भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित