शनिबार, २२ वैशाख २०८१
DainikNepal.com
शनिबार, २२ वैशाख २०८१

जहाँ पुरुषहरु महिलाको भित्री वस्त्र लगाएर बस्छन् !

दैनिक नेपाल २०७९ चैत ४ गते २१:५८

काठमाडौं, ४ चैत । पुरूषहरुले महिलाको वस्त्र लगाएको देख्दा अथवा सुन्दा जो सुकैलाई पनि अचम्म लाग्नु स्वाभाविक नै हो । त्यसमाथि महिलाको भित्रीवस्त्र लगाएको सुन्दा देख्दा त अचम्म नलाग्ने कुरै भएन ।

यसैबीच, चिनियाँ सोसल मिडियामा अहिले पुरुषहरुले महिलाको भित्रीवस्त्र लगाएका भिडियो र तस्वीरहरु भाइरल बनिरहेका छन् ।

ब्रा, टाइट फिटिङ नाइट गाउन, पेन्टीलगायतका महिला पहिरनमा पुरुष मोडलहरुलाई सजाएर विभिन्न कम्पनीहरुले सोसल साइटमा फोटो तथा भिडियो पोस्ट गरिरहेका छन् ।

ती चिनियाँ पुरुष मोडलहरुले वास्तवमा महिलाका भित्री वस्त्रको व्यवसायिक रुपमै अनलाइन प्रचारप्रसार गरिरहेका हुन् । चीनमा महिलाका भित्री वस्त्रको प्रचारप्रसारका लागि महिला मोडलहरुको प्रयोग गर्न रोक लगाइएको छ जसको कारण पुरूषको प्रयोग गर्नुपर्ने बाध्यात्मक परिस्थिति आएको हो ।

भित्री वस्त्रको प्रचारका लागि महिला मोडलहरुलाई प्रयोग गर्दा त्यसले अश्लीलता बढाएको दाबी गर्दै त्यस्तो रोक लगाइएको हो ।

प्रतिक्रिया
सम्बन्धित