
काठमाडौं, ४ चैत । नेकपा एमालेले सञ्चालन गरेको मिसन ग्रासरुट अभियानअन्तर्गत सबै जिल्ला, पालिका र वडाहरूमा समेत विभिन्न कार्यक्रम हुने क्रम तीव्र बनेको छ ।
यसैक्रममा आज शनिबार पनि अभियानलक्षित विभिन्न कार्यक्रमहरू भएका छन् । विभिन्न जिल्लामा भएका १७ वटा गतिविधिहरूलाई यहाँ प्रस्तुत गरिएको छ ।
काठमाडौं
मिसन ग्रासरुट अभियानअन्तर्गत नेकपा एमाले लमजुङ–काठमाडौं सम्पर्क मञ्चले आज काठमाडौंमा विस्तारित बैठक तथा प्रशिक्षणात्मक भेलामा आयोजना गरेको छ । पार्टीका केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङको प्रमुख आतिथ्यता र मञ्चका अध्यक्ष दीपकबाबु बरालको अध्यक्षतामा भेला आयोजना गरिएको हो ।

भेलामा उपमहासचिव गुरुङले ‘समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न एमाले मुलुकमा बलियो शक्ति बन्नुपर्ने बताउनुभएको छ । संसदमा नेकपा एमालेलाई १ नम्बरको पार्टी बनाएर समृद्ध नेपाल बनाउने अभिभारा पूरा गर्नुपर्ने बताउनुभयो ।
परम्परागत भन्दा सृजनशील शैली अपनाएर पार्टीलाई अघि बढाउनुपर्ने उहाँको विचार छ । कार्यक्रममा पार्टीका स्थायी कमिटी सदस्य लालबाबु पण्डितलगायत नेताहरूले प्रशिक्षण दिनुभएको थियो भने पार्टी केन्द्रीय सदस्य कल्पना थापा, एमाले गण्डकी प्रदेश कमिटी सदस्य गणेश पाण्डे, बेसीशहर नगर कमिटी अध्यक्ष राजकुमार विष्ट लगायतको आतिथ्यता थियो ।
नुवाकोट
‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नम्बर २ को वडा अधिवेशन सम्पन्न गरिएको छ । नेकपा एमालेका सचिव गोकर्ण विष्टको प्रमुख आतिथ्यता र वडा कमिटी अध्यक्ष लक्ष्मण न्यौपानेको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको हो । अधिवेशनले बलबहादुर तामाङको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।

अधिवेशनलाई सम्बोधन गर्दै सचिव गोकर्ण विष्टले समृद्ध नेपाल निर्माणका लागि नेकपा एमाले बलियो पार्टी बन्नुपर्ने र पार्टीलाई बलियो बनाउनकै लागि यो अभियान सञ्चालन गरिएको प्रष्ट पार्नुभयो । अभियानले संगठनलाई व्यवस्थित र सुदृढ बनाउने विश्वास व्यक्त गर्दै उहाँले जनताको बिचबाटै स्थापित भएको एमाले जनताको बीचमा जाने यो अभियान महत्वपूर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा केन्द्रीय सदस्य शर्मिला कार्की, प्रदेश अध्यक्ष केशव पाण्डे, प्रदेश सदस्यहरू नारायण खतिवडा, राजेन्द्र रमण खनाल, ठाकुर पुडासैनी, केपी लामिछानेलगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
मकवानपुर
मकवानपुरको मनहरि गाउँपालिको ९ वटै वडाहरूमा मिसन ग्रासरुट अभियानअन्तर्गतका पहिलो चरणको कार्यक्रम सम्पन्न भएका छन् ।

पार्टी सचिव गोकर्ण बिष्टको प्रमुख आतिथ्यतामा सबै वडाको अगुवा कार्यकर्ता भेला र बैठकहरू सम्पन्न गरिएको हो । कार्यक्रमहरूमा नेताहरू देवी ज्ञवाली, डोरमणि पौडेल, श्रीधर पोखरेल एकराज उप्रेती, श्यामसुन्दर ढकाललगायत नेताहरूको आतिथ्यता रहेको थियो ।
पर्वत
पर्वतको बिहादी गाउँपालिका वडा नम्बर ३ रानीपानीमा मिसन ग्रासरुट अभियानअन्तर्गतको कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमालेकी केन्द्रीय सचिव पद्मा कुमारी अर्यालको प्रमुख आतिथ्यता र केन्द्रीय सदस्य डा. सूर्य पाठकको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा पार्टी केन्द्रीय अनुसासन आयोगका सदस्य चक्र पराजुली, प्रदेश, जिल्ला कमिटी र पालिका कमिटीका नेताहरूको सहभागिता रहेको थियो । कार्यक्रममा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गर्नुहुनेहरूलाई स्वागत गरिएको छ ।
एमाले प्रवेश गर्नुहुनेहरूमा दुर्गा भट्टराई क्षेत्री, महेन्द्र भट्टराई क्षेत्री, चित्रकला भट्टराई, इन्द्रकला परियार र गगन दर्जीलगायत हुनुहुन्छ । उहाँहरूलाई पार्टी सचिव अर्याललगायत अतिथिहरूले टीका र खादा लगाएर पार्टीमा स्वागत गर्नुभएको हो ।
काठमाडौं
मिसन ग्रासरुट अभियानअन्तर्गत नेकपा एमाले नागर्जुन नगर कमिटीद्वारा स्थानीय तहका जनप्रतिनिधिहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको छ ।

कार्यक्रममा पार्टी स्थायी कमिटी सदस्यद्वय रघुजी पन्त र काशी नाथ अधिकारीले अभिमुखीकरण दिनुभएको थियो । कार्यक्रममा केन्द्रीय सदस्य तथा केन्द्रीय प्रतिनिधि तुलसा दाहालको विशेष उपस्थिति थियो ।
तनहुँ
मिसन ग्रासरुट अभियानअन्तर्गत तनहुँको व्यास नगरपालिका वडा नं. १ को विस्तारित बैठक सम्पन्न भएको छ । स्थायी कमिटी सदस्य किरण गुरुङ तथा वडा कमिटी अध्यक्ष सरु कुमालको अध्यक्षता बैठक सम्पन्न भएको हो ।

बैठकमा पार्टी केन्द्रीय सल्लाहकार परिषद सदस्य एक वहादुर राना, गण्डकी प्रदेश सचिवालय सदस्य बिष्णुभक्त सिग्देल, जिल्ला उपाध्यक्ष हरिराज कणेल, जिल्ला कमिटी सदस्यहरु ऋषिराम भुषाल, बसुन्धारा घर्ती, नुर महमद, नगर कमिटीका कार्यवाहक अध्यक्ष तुल्सिराम पाण्डे, सचिव ज्ञानेन्द्र बसौला, नगर सचिवालय सदस्यहरु मुस्लिम ईतेहादका केन्द्रीय सचिवालय सदस्य मुनि खातुन, केन्द्रीय सदस्य मनसुर महमद जिल्ला अध्यक्ष रमजन मिया, लोकतान्त्रिक आदिवासी संघ तनहुँका अध्यक्ष रुकबहादुर गुरुङलगायत नगर सचिवालय, नगर कमिटी वडा कमिटी र पार्टी सदस्य हरुको उपस्थिति रहेको थियो । वैठकले अभियान सञ्चालनलाई थप प्रभावकारी वनाउन योजना तय गरेको छ ।

यसैगरी, व्यास नगरपालिका वडा नं. ४ बाघभञ्याङमा पनि वडा स्तरीय कार्यक्रम वडा कमिटी अध्यक्ष चिजबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको छ ।
मोरङ
मिसन ग्रासरुट अभियानअन्तर्गत मोरङको विराटनगर महानगरपालिका वडा नं. ३ अन्तर्गत पुष्पलाल टोल र मानगढ टोल अधिवेशन सम्पन्न भएको छ । पोलिटब्युरो सदस्य विशाल भट्टराईको प्रमुख आतिथ्यता, प्रदेश कमिटी सदस्य राजकुमार ओझाको विशिष्ट आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।

अधिवेशनमा राधा पोखरेल, बुद्धि थापा, राम घिमिरे, सरस्वती भण्डारी, कौशिला वञ्जरा, नवराज नेपाललगायतको आतिथ्यता थियो ।
कार्यक्रम पोलिटव्युरो सदस्य भट्टराईले पार्टीको यो अभियान सम्पन्न हुँदा एमाले मुलुककै सुव्यवस्थित, सुविचारित र सुसङ्ठित पार्टी बन्ने विश्वास व्यक्त गर्नु भयो ।
दोलखा
मिसन ग्रासरुट अभियानअन्तर्गत दोलखाको भीमेश्वर नगरपालिकाको वडा नं. ३ वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । पार्टी पोलिटव्युरो सदस्य कमल चौलागाईंको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष राजन थापाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले वडामा पार्टीको सुदृढीकरणका लागि सङ्गठित सदस्यता नवीकण तथा वितरणलाई प्रभावकारी ढंगबाट अगाडि बढाउने तथा अभिमुखीकरण र प्रशिक्षणलगायत कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकमा बागमती प्रदेश कमिटी सचिवालय सदस्य एवम् जिल्ला इञ्चार्ज ईश्वरचन्द्र पोखरेल र प्रदेश कमिटी सदस्य टेक घतानीलगायत नेताहरूको सहभागिता थियो ।
मोरङ
मिसन ग्रासरुट अभियानअन्तर्गत मोरङको लेटाङ नगरपालिकाको नगर कमिटी बैठक सम्पन्न भएको छ । पोलिटव्युरो सदस्य जितु गौतमको प्रमुख आतिथ्यता र नगर कमिटीका अध्यक्ष कृष्ण लुइँटेलको अध्यक्षतामा सम्पन्न भएको बैठडडकले अभियानको अध्यावधि समीक्षासहित आगामी कार्ययोजना घोषणा गरेको छ ।

बैठकमा कोशी प्रदेश कमिटीका सदस्यहरू मोहन तुम्बापो, भुपेन्द्र लावती, अर्जुनराज अधिकारी, रामकृष्ण राई तथा जिल्ला कमिटी सदस्यहरू डिल्ली बिश्वकर्मा, कृष्णकुमारी निरौला, हरिमाया बिश्वकर्मा, नन्दलाल धिमाललगायतको सहभागिता थियो ।
चितवन
मिसन ग्रासरुट अभियानअन्तर्गत चितवनको कालिका नगरपालिका वडा नं. ११ वडा कमिटीको विस्तारित बैठक सम्पन्न भएको छ । केन्द्रीय कमिटी सदस्य जानुका सिम्खडाको प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष विष्णुलाल प्रजाको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

बैठकले चैत १२ गतेदेखि २० गतेसम्म टोलमा–टोल टोल भेला गरी टोल कमिटी गठन गर्ने निर्णय गरेको छ । बैठकमा पुरुषोत्तम न्यौपाने, अच्युतराज पन्त, दीलिपचन्द्र घिमिरे शान्ति अधिकारी, टीकाराज रिजाल, भिष्मराज खनाल, ज्योति सुनुवार, दीपक परियार, केशव लामा र कृष्णबहादुर प्रजाको आतिथ्यता रहेको थियो ।
जुम्ला
मिसन ग्रासरुट अभियानअन्तर्गत जुम्लाको चन्दननाथ नगरपालिका वडा नं. ७, महत गाउँमा कार्यकर्ता भेला सम्पन्न भएको छ ।

वडा कमिटीका अध्यक्ष लालबहादुर महतको अध्यक्षताा सम्पन्न भेलालाई नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल, जिल्ला अध्यक्ष शान्तिलाल महत र हरिकृष्ण महतले सम्बोधन गर्नुभएको थियो ।
भेलाद्वारा सदस्यता नवीकरण र विस्तारको सुरुवात गर्दै त्यसलाई अभियानका रूपमा अघि बढाउन जिम्मेवारी बाँडफाँट गरिएको छ ।
कास्की
मिसन ग्रासरूट अभियानअन्तर्गत कास्कीको रूपा गाउँपालिका वडा नम्बर ४ मा वडास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । पार्टी केन्द्रीय सदस्य भगवती न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा नेपाली कांग्रेसका सक्रिय सदस्य साथै समाजसेवी व्यक्तित्वहरू नेकपा एमालेमा प्रवेश गर्नुभएको छ ।

साथै भेलामा ७० जना अग्रजहरू सम्मानित हुनुभएको छ । केन्द्रीय सदस्य राजिव पहारी, प्रदेश सदस्य कालिदास सुबेदी, जिल्ला कमिटीका उपसचिव नवराज ओझा, नीलकण्ठ रेग्मीलगायत नेताहरूको सहभागिता कार्यक्रममा थियो ।
कास्की
मिसन ग्रासरुट अभियानअन्तर्गत कास्कीको पोखरा महानगरको २८ वटै वडाको बैठक सम्पन्न भएका छन् । यसैबीच आज पोखरा महानगर वडा न २, ३०, ३१ र ३३ को वडा कमिटी बैठक तथा विस्तारित भेला सम्पन्न भएको छ ।
यस्तै, वडा नं. १४ को वडास्तरीय कार्यकर्ता प्रशिक्षण भेला सम्पन्न भएको छ । बैठक तथा भेलालाई पार्टीका केन्द्रीय सदस्य तथा पोखरा महानगरका केन्द्रीय प्रतिनिधि मायानाथ अधिकारीलगायत नेताहरूले प्रशिक्षण दिनुभएको थियो । बैठकले कामको कार्ययोजना बनाएको छ ।
हुम्ला
मिसन ग्रासरूट अभियानअन्तर्गत जुम्लाको पातारासी गाउँपालिका वडा नं. ५ मा नयाँ कमिटी गठन गरिएको छ । केन्द्रीय प्रतिनिधि नगिन्द्र शाही (नेशनल) को प्रमुख आतिथ्यता र वडा कमिटीका अध्यक्ष विष्णु बुढाको अध्यक्षयतामा बसेको विस्तारित बैठक तथा भेलाले रत्नबहादुर बुढाको अध्यक्षतामा २१ सदस्यीय कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा जौकला बुढा, सचिवमा लालरूपा, उपसचिवमा जानी कठायत, उपसचिवमा मयालाल बोहरा चयन हुनुभएको छ । बैठकमा प्रदेश कमिटी सदस्य जयबहादुर खत्री र नन्दबहादुर रोकायालगायत नेताहरूको उपस्थिति थियो । बैठकले पार्टी सदस्यता नवीकरणको अभियान चलाउन तथा प्रशिक्षण र अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने कार्यायोजना पारित गरेको छ ।
लमजुङ
नेकपा एमालेको मिसन ग्रासरुट अभियान अन्तरगत लमजुङको मर्स्याङ्दी गाउँपालिका कमिटीको सचिवालय बैठक पार्टी केन्द्रीय सदस्य जमीन्द्रमान घलेको आथित्यतामा भुलभुलेमा सम्पन्न भएको छ ।
यसैगरी, मर्स्याङ्दी गाउँपालिका स्थानीय सभा दलको बैठक दलको नेता अर्जुन गुरुङको अध्यक्षता र नेकपा (एमाले) गण्डकी प्रदेश कमिटी सचीव धनञ्जय दवाडीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
बैठकले दलको प्रमुख सचेतकमा तिलबहादुर गुरुङ र सचेतकमा रुद्रमान गुरुङलाई मनोनित गर्नुको साथै अर्जुन गुरुङ, जुनामाया थापा, तिलबहादुर गुरुङ, रुद्रमान गुरुङ, धन सिङ्ग तामाङ, सलिना विक र दुधमान तामाङ रहेको बोर्ड गठन गरेको छ ।
हुम्ला
मसन ग्रासरुट अभियानअन्तर्गत हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नं. ३ रायामा स्थानीय दाजुभाइसँग अन्तरक्रिया तथा प्रशिक्षण भेला आयोजना गरिएको छ ।

वडा कमिटी अध्यक्ष छबिलाल बुढाको अध्यक्षतामामा भएको कार्यक्रममा खार्पुनाथ पालिका कमिटी अध्यक्ष प्रकाश बहादुर शाहीसहित अन्य जिल्ला कमिटी सदस्यहरू, उत्पिडीत जातीय मुक्ति समाजका अध्यक्ष लालधन टमट्टा, अनेमसंघ जिल्ला उपाध्यक्ष उजेली जेठारा, प्रेस चौचारी जिल्ला सचिव मानबहादुर परियार समेतले धारणा व्यक्त गर्नुभएको थियो । यसअघि बसेको सो वडा कमिटीको बैठकले टोल कमिटी गठन र सदस्यता नवीकरणको योजना पारित गरी कार्यान्वयनको चरणमा लगिसकेको छ ।
म्याग्दी
‘मिसन ग्रासरुट’ अभियानअन्तर्गत उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नं. ५, शिखमा वडास्तरीय भेला तथा बैठक सम्पन्न भएको छ । बैठकलाई एमाले म्याग्दीका जिल्ला उपाध्यक्ष बालकृष्ण सुवेदीलगायत नेताहरुले सम्बोधन गर्नुभएको थियो । बैठकमार्फत मिसन ग्रासरुट अभियानको बारेमा जानकारी दिनाका साथै अभियानअन्तर्गत पार्टी सङ्गठन सुदृढीकरण तथा विस्तार, सदस्यता नवीकरण, टोल र वस्तीस्तरमा पार्टीको बैठक तथा भेला आयोजना गर्नेलगायत योजनाहरु निर्माण गरिएको छ ।

त्यस्तै रघुगंगा गाउँपालिका–७, चिमखोलामा पनि एमाले जिल्ला सदस्य एवं वडा इञ्चार्ज गमबहादुर पुनको संयोजकत्वमा वडा भेला सम्पन्न भएको छ । भेलालाई एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य प्रमोद श्रेष्ठ र जिल्ला अध्यक्ष देवेन्द्रबहादुर कटुवालले सम्बोधन गर्नुभएको थियो । यसअघि जिल्ला कमिटीको वैठक, जिल्लास्तरीय तथा पालिकास्तरीमा अभिमुखीकरण सम्पन्न गरी वडास्तरमा ग्रासरुट अभियान सञ्चालन गरिएको छ ।















प्रतिक्रिया