शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

ग्लोबल आईएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा स्मार्टमा डिस्काउन्ट

दैनिक नेपाल २०७९ चैत ४ गते १५:५६

काठमाडौं, ४ चैत । ग्लोबल आईएमई बैंकले आफ्ना ग्राहकहरुलाई मेट्रो मार्टका काठमाडौंभित्रका स्टोरहरूमा डिस्काउन्ट उपलब्ध गराउने योजना सार्वजनिक गरेको छ ।

योजनाअन्तर्गत ग्लोबल स्मार्ट प्लस मोबाइल बैंकिङ्ग एपबाट मेट्रो मार्टमा राखिएका स्मार्ट क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशत डिस्काउन्ट पाइनेछ । एक पटकको खरिदको रू. १०० सम्म र योजना अवधिभर रू. ३०० सम्म डिस्काउन्ट पाइने बैंकले जनाएको छ ।

यो योजना सीमित अवधिका लागि काठमाडौं उपत्यकाभित्रका मेट्रो मार्टको जोरपाटी, सानेपा र पेप्सीकोलास्थित स्टोरहरुमा लागू हुनेछ । बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया
सम्बन्धित