शुक्रबार, २८ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, २८ वैशाख २०८१

माओवादी सरकारमा आएपछि नेपाल र नेपाली सेनामाथि खतरा बढ्यो : पूर्वजनरल बस्न्यात

दैनिक नेपाल २०७९ चैत ४ गते १३:१२

काठमाडौं, ४ चैत । नेपाली सेनाका पूर्व जनरल डा. प्रेमसिंह बस्न्यातले पृथ्वीनारायण शाहले निर्माण गरेको नेपाली सेनामाथि विभिन्न तरिकाबाट आक्रमण भइरहेको बताएका छन् ।

हिजो शुक्रबार काठमाडौंमा आयोजित ‘के हो नेपाली सेना ? के होइन नेपाली सेना ?’ विषयक अन्तर्क्रिया कार्यक्रममा उनले यो देश र नेपाली सेनामाथि विभिन्न तरिकाबाट खतरा बढेको टिप्पणी गरेका हुन् ।

नेपालको रक्षाका लागि हजारौँ नेपाल आमाका छोराछोरीले प्राण आहुती दिएको स्मरण गर्दै उनले अहिले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएको बेलामा पश्चिमा र भारतीय शक्तिहरू सलबलाइरहेको आरोप लगाएका छन् ।

‘अहिले माओवादीका प्रधानमन्त्री भएको बेलामा पश्चिमा र भारतहरू लागिरहेका छन् । अहिले माओवादी अगाडि छैन । ऊ पछाडि छ । पछाडि बसेर अर्कालाई धकेलिरहेको छ,’ बस्न्यातले भने ।

खासगरी नेपाली कांग्रेस र अन्य दलहरूलाई समेत गम्भीर चेतावनी दिदै बस्न्यातले भने, ‘अहिले यहाँ रअले उचालेर जुन पात्रहरू लागिरहेका छन् । तिमीहरू कुनै विश्वविद्यालयमार्फत परिचालित भइराखेका छौँ । वर्तमान राष्ट्रपतिज्यू तपाइँका दलमा आवद्ध केही व्यक्तिहरू यहाँ विदेशीको इसारा नेपाली सेना ढाल्ने पक्षमा छन् । तर, ढल्ने छैन । हात्तिको ढाडमा भुसुनो चढेर झिँगाले डिंगो मर्दैन । तपाईँरु अहिले जरा काट्दै हुनुहुन्छ । हामी पर्‍यो भने जरा काट्नेको के–के काट्न सक्छौं ? त्यो शक्ति र क्षमता छ हामीसँग ।’

प्रतिक्रिया
सम्बन्धित