शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

कांग्रेसले नेपाली सेनालाई माया गर्दैन : पूर्वब्रिगेडियर जनरल बस्न्यात

दैनिक नेपाल २०७९ चैत ४ गते ११:५३

काठमाडौं, ४ चैत । नेपाली सेनाका पूर्वब्रिगेडियर जनरल डा. प्रेम सिंह बस्न्यातले नेपाली कांग्रेसले कहिल्यै पनि नेपाली सेनालाई माया नगरेको दु:खेसो गरेका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित अन्तक्रिया कार्यक्रममा उनले नेपाली सेनाले घुस नखाएकै कारण कुनै पनि पार्टीको माया नपाएको दाबी गरे ।

‘नेपाली काङ्ग्रेसले नेपाली सेनालाई कहिले पनि माया गर्दैन । जहिलेदेखि नेपाली काङ्ग्रेस सरकारमा आयो हाम्रो भत्ता काटेको छ, विदाको पैसा काटेको छ, लप्टनलाई सुब्बा बनाउँछ के गर्छ के गर्छ,’ उनले भने ।

झिंगाले सरापेर डिंगो मर्दैन भन्दै नेपाली कांग्रेसको खोल ओडेर खुट्टा तान्नेहरुलाई नेपाली सेनाले के–के काट्न सक्छ त्यो पनि याद गर्न चेतावनी दिएका छन् ।

देशको सार्वभौमसत्ता बचाउनुपर्र्छ भन्दै उनले पुर्खाहरूले जोसका साथ देश बचाउन अगाडि बढ्नु पर्छ भन्ने गरेको स्मरण सुनाउँदै उनले माओवादीले चाहिँ आफू पछाडि बसेर अरूलाई धकेल्ने काम गरिरहेको टिप्पणी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित