२९ आश्विन २०८३, बिहिबार

मधुमेह अनुशासित जीवनले नियन्त्रण गर्न सकिन्छ : हरिवंश आचार्य

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ४ चैत । वरिष्ठ कलाकार हरिवंश आचार्यले मधुमेहलाई अनुशासित जीवनले नियन्त्रण गर्ने सकिने बताएका छन् ।

हिजो शुक्रबार डाइवेटिज नेपाल संस्थाद्वारा आयोजित मधुमेह नामक टेली चलचित्र उद्घान गर्दै उनले मधुमेहलाई अनुशासित जीवनले नियन्त्रण गर्ने सकिने बताएका हुन् ।

सो टेली चलचित्र बनाउँदा विशिष्ट डाक्टरहरूसँग सल्लाह गरेर स्क्रिप्ट तयार परिएकाले मधुमेह–२ टेली चलचित्रले सो रोगबारे धेरै जानकारी दिन सहयोग पुग्ने उनले बताएका छन् ।

‘मधुमेहको विषयमा १३ वर्षअगाडि पहिलो पार्ट बनाउने मौका पाएका थियौँ । त्यो साँच्चिकै राम्रो भयो, धेरै मानिसहरूले युटुबमा हेर्नु भयो । त्यसबाट धेरै मानिसले अनुभव प्राप्त गर्नु भएको छ,’ कलाकार आचार्यले भने, ‘अहिअले त्यसको १३ वर्षपछि अर्को मधुमेहको पार्ट २ बनाउने मौका पाइयो । यो संस्थाले चलचित्र बनाउने मौका दिनुभयो र हामीले बनाएका छौँ यो धेरै नै उपयोगी छ ।’

टेलिचलचित्र अङ्ग्रेजी सबटाइटल समेत भएकाले नेपालमा मात्रै नभई विदेशी नागरिकले पनि यसबाट फाइदा लिन सक्ने उनको भनाइ छ । यसबाट नेपालको कला, संस्कृतिको समेत प्रवर्द्धन हुनेमा आफू विश्वस्त रहेको आचार्यको भनाइ छ ।