३० कार्तिक २०८३, सोमबार

एमाले सचिव गोकर्ण बिष्टले खुलासा गरे वर्तमान गठबन्धन नटिक्ने आधारहरू (भिडिओ)

350
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मकवानपुर, ४ चैत । नेकपा (एमाले)का सचिव गोकर्ण विष्टले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्व सरकारको आयु लामो नरहेको दाबी गरेका छन् ।

शनिबार प्रेस चौतारी मकवानपुरले गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले वर्तमान सत्ता गठबन्धनको आयु लामो नरहेको बताएका हुन् ।

उनले अहिले बन्न खोजेको सत्ता समिकरणको आयु पनि नरहने बताए । नेता विष्टले अहिलेको गठबन्धन नेपालको कम्युनिष्ट आन्दोलन, लोकतान्त्रिक आन्दोलन, सुशासन र समृद्धिलाई कमजोर पार्न चाहाने शक्तिहरुको इच्छा अनुसार बनेको भन्दै गठबन्धनको आयु लामो नरहने बताए ।

उनले माओवादी अध्यक्ष प्रचण्डमा पद प्राप्ती वा जोगाउनको लागि देखिएको अवसरवादले राष्ट्रको समृद्धि, जनताको जीवन रुपान्तरणको लागि नेपालको राजनीतिमा कालो बादलको देखा परेको बताए ।

‘सम्माननीय प्रधानमन्त्री, नेकपा माओवादीका अध्यक्ष प्रचण्डमा पद प्राप्ती वा जोगाउनको लागि अवसरवाद देखा परेको छ । यो अवसरवाद राष्ट्रको समृद्धि, जनताको जीवन रुपान्तरणको लागि नेपालको राजनीतिमा एक प्रकारले भन्ने हो भने कालो बादलको रुपमा देखा परेको छ । एक प्रकारले भन्ने हो भने यो प्रगतीको बाधकको रुपमा देखा परेको छ ।’ नेता विष्टले भने, ‘यो बाधालाई पन्छाएर बादल फार्ने गरी एक प्रकारले भन्ने हो भने आकाशलाई चंगा बनाउने गरी नेपालको राजनीति अगाडी बढ्नुपर्ने आवश्यकता छ । यो आवश्कतालाई भविष्यका दिनहरुले थप प्रभावकारी बनाउनेछ । थप परिणाममुखी बनाउनेछ ।’

यसैगरी, नेता विष्टले राजीतिमा असम्भव केहि पनि हुँदैन भन्ने गरिए पनि तत्तकाल कांग्रेससँग मिलेर सरकार बनाउने अवस्था नदेखिएको तर भविष्यलाई इन्कार गर्न नमिल्ने समेत बताए ।

उनले हालै सम्पन्न राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनबाट एमाले नअतालिएको बताउँदै अब जनताका मुद्धा संसद भित्र र बाहिरबाट उठाउने स्पष्ट पारे ।

उनले हालै सरकारले मलमा मुल्यवृद्धी गरेर किसानलाई आघात पुर्‍याएको बताए । उनले किसानलाई सुविधा दिने, अनुदान दिने, कृषि क्षेत्रमा थप रोजगारी सृजना गर्दै देशलाई आत्मनिर्भर बनाउनुपर्नेमा मल, बिउ बिजन लगाएतका अत्यावश्यक वस्तुहरुमा मूल्यवृद्धि गरेर देशलाई परनिर्भर बनाउन खोजेको बताए ।