
काठमाडौं, ३ चैत । हिजो बिहीबारदेखि सुरू भएको छैटौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)को दोस्रो दिन आज भूराजनीतिमा सिनेमाको भूमिकाका विषयमा छलफल भएको छ ।
भृकुटीमण्डपस्थित पर्यटन बोर्डको हलमा सम्पन्न उक्त सेसनका प्रमुख वक्ताहरुमा चलचित्र निर्देशक प्रकाश सायमी, राजनीतिज्ञ डा. लीला न्याईच्याईं र प्रो.खड्ग केसी थिए ।
सेसनको संयोजन तथा प्रस्तुति सञ्चारकर्मी योगेश ढकालले गरे ।
सेसनमा कस्ले के भने ?
प्रकाश सायमी
हाम्रो कुरा हामीले भन्न जानेनौं । हामीले जहिल्यै सगरमाथा, बुद्ध र कुमारी भनेर बस्यौं । तर संसारले भने सृजना पस्किरहेको छ । र, आफूले चाहेको कुरा बेचिरहेको छ ।
भारतको २२ औं राज्यको रुपमा सिक्किम बनेपछि भारतले डेनी डेनजोडपालाई हिरो बनायो । हिरो भनेको डेनी जस्तो हुन्छ र उसले हिन्दी बोल्छ भन्ने कुरा स्थापित गर्न यसो गरिएको थियो ।
बोल्सेभिक क्रन्तिपछि रसियामा लेनिनले फिल्मलाई धेरै महत्व दिए । जसले संसारमा रसियन फिल्मलाई मात्र स्थापि गरेन उनीहरुका सोच र सिद्धान्त पनि संदेशकारुपमा फिजाउन सफल भए ।
डा. लीला न्याइच्याईं
संसारमा नै सवैभन्दा शक्तिशाली माध्यम मिडिया हो । यसअर्थ स्वभाविक रुपमा संदेश प्रवाहको यस माध्यमलाई सवैले प्रयोग गर्छन् नै । कसैले भनेको सुनेकी थिएँ, सिनेमा भनेको ध्वजाबहाक फिल्म जस्तै हो ।
अहिले बच्चाहरुले कि अंग्रेजी बोल्छन् कि हिन्दी । नेपाली भाषा बोल्यो भने कम जान्ने र बुझ्ने भन्ने बुझ्न थालिएको छ । म आफ्नो मातृभाषा बोल्छु, लेख्न गाहे छ । मेरा बच्चाहरुलाई बोल्नै गाहे छ । यो कस्ले गरायो ?
प्रो. खड्ग केसी
फिल्म भनेको सफ्ट पावर हो । पुँजीवादको लगानीकालागि पुरस्कार र अवार्ड आयोजना हुन्छ । सेलिब्रेटी पनि सफ्टपावर हुन् । भारतप्रति सकारात्मक बनाउन त्यहाँका सेलिब्रेटीहरु सहायक सिद्ध हुने गरेका छन् ।
हामीमा अध्ययन अनुसन्धानको कमी हुने धेरै कारण छन् । एउटा उदाहरण भन्छु, नेपालको २७ बर्ष बराबरको बजेट हवार्ड विश्वविद्यालयले एक बर्षमा खर्च गर्छ ।

महोत्सवअन्तर्गत भोलि शनिबार ‘हेर्दा हेर्दै कहाँ पुग्यौं ?’ र ‘मास्टर्स क्लास’ नामक सेसन सञ्चालन गरिने भएको छ ।
‘हेर्दा हेर्दै कहाँ पुग्यौं ?’ मा वक्ताहरु, अशोक शर्मा, दीपाश्री निरौला, स्वस्तिमा खड्का र सुजीत बिडारी तथा ‘मास्टर्स क्लास’ मा प्रेमेन्द्र मजुम्दर (भारत) जुरी प्रमुख, (सिनेमाहरु ४ मलहरुबाट हुने छ ।















प्रतिक्रिया