३० आश्विन २०८३, शुक्रबार

रवि लामिछानेको राहदानी प्रकरणमा यस्तो छ प्रहरीको राय, चुनाव लड्न पाउँछन् त ?

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । पूर्वगृहमन्त्री रवि लामिछानेको नेपाली राहदानी विवाद प्रकरणमा प्रहरीले सकारात्मक राय दिएको छ ।

चार दिनअघि सरकारी वकिलको कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाउँदै जिल्ला प्रहरी परिसर काठमाडौंले लामिछानेलाई ‘क्लिन चिट’ दिनुपर्ने राय पेश गरेको हो ।

प्रहरी परिसरको रायमाथि सरकारी वकिलको कार्यालयले कस्तो निर्णय लिन्छ त्यो भने हेर्न बाँकी छ । झुटो विवरण बुझाएर अमेरिकी नागरिक हुँदाहुँदै नेपालको राहदानी लिएको अभियोगमा लामिछानेलाई मुद्दा चलाउने वा नचलाउने भन्नेबारे सरकारी वकिलले आगामी आइतबार निर्णय गर्दैछ ।

तर, सरकारी वकिलको कार्यालयसँग समन्वय गरेर नै प्रहरीले प्रतिवेदन तयार पारेको बताइएको छ । यस आधारमा लामिछानेमाथि मुद्दा चलाउन सक्ने सम्भावना अत्यन्त न्यून छ । पूर्वगृहमन्त्री र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका लामिछाने र उनी सम्बन्धित मुद्दामा राजनीतिक सम्बन्ध समेत जोडिएकाले लामिछानेको पक्षमा फैसला आउने अनुमान गरिएको छ ।

मुद्दा नचलाइ उनलाई क्लिन चिट दिइयो भने चितवन–२ मा हुने उपनिर्वाचनमा लामिछाने नै उम्मेदवार भएर निर्वाचन प्रतिस्पर्धा गर्ने देखिन्छ । मुद्दा चल्यो भने उनी उम्मेदवार नै बन्न पाउने छैनन् ।