२९ आश्विन २०८३, बिहिबार

स्वास्थ्य क्षेत्रको समस्या समाधान चुनौतीको विषय हो : सीके राउत

4.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । जनमत पार्टीका अध्यक्ष सीके राउतले स्वास्थ्य क्षेत्रका समस्या समाधानमा चुनौती थपिदै गएको बताएका छन् ।

जनमत पार्टीले आयोजना गरेको स्वास्थ्य क्षेत्रमा विद्यमान समस्याहरू विषयक सर्वदलीय सर्वपक्षीय छलफलमा उनले स्वास्थ्य क्षेत्रका थोरै मात्रै समस्या समाधान गर्न सके पनि ठूलो राहात पुग्ने बताए ।

‘सरकारी अस्पतालमा डाक्टर भेटिदैन् । स्वास्थ्य बीमा गरेको हुन्छ तर औषधि हुँदैन् । यो कुरा धेरै भन्दा धेरै मानवीय कुरासँग सम्बन्धित हुन्छ,’ डा. राउतले भने, ‘डाक्टरलाई अस्पतालमा उपस्थित गराउन सक्नुपर्ने हुन्छ । यो चुनौतीको विषय हो । नगर अस्पतालहरूमा सामान छ तर चलाउने दक्ष जनशक्ति छैन ।’

व्यवस्थित स्वास्थ्य क्षेत्र नहुँदा आम जनताले दु:ख भोग्न परेको उनको भनाइ छ ।