शुक्रबार, ७ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, ७ वैशाख २०८१

काङ्ग्रेसलाई योगेश भट्टराईको व्यङ्ग्य : प्वाल परेको ढोक्सा धेरै दिन टिक्दैन

दैनिक नेपाल २०७९ चैत ३ गते १५:४८

काठमाडौं, ३ चैत । नेकपा एमालेका सचिव योगेश भट्टराईले कांग्रेसले प्वाल परेको ढोक्सा थापेकाले धेरै दिन नटिक्ने टिप्पणी गरेका छन् ।

आज शुक्रबार संघीय संसद् भवनमा मतदानपछि पत्रकारसँग कुरा गर्दै भट्टराई वर्तमान दश दलीय सत्तागठबन्धन धेरै दिन नटिक्ने बताएका हुन् ।

‘काङ्ग्रेसले ढोक्सा थापेको छ, तर तलतिर प्वाल भएको थाप्यो धेरै दिन टिक्दैन्,’ सचिव भट्टराईले पत्रकारहरूसँग भने । जनताले विश्वास नगरेको नेतृत्वले १० पटक विश्वासको मत लिए पनि केही गर्न नसक्ने उनको तर्क छ ।

प्रचण्डप्रति अब जनताको विश्वास नहरेको उनको दाबी गर्दै उनले भने, ‘जनताले अविश्वास गरेकालाई के को विश्वास, प्रचण्डप्रति जनताको विश्वास नै छैन । विश्वासको मत लिए पनि त्यो सरकारको केही मतलब नै छैन । जनताले विश्वास नगरेको नेतृत्वले १० पटक विश्वासको मत लिए पनि केही गर्न सक्दैन् । कहाँ कसले कसको नुन खाको छ, त्यसैको सोझो गर्दै ठिक्क छ ।’

संविधानको परिपालना गर्ने राष्ट्रिय एकता सम्बोधन गर्ने र मुलुकक व्यवस्थाको अभिभावकको रुपमा राष्ट्रपति, उपराष्ट्रपतिले गर्ने व्यवस्था रहेको हुँदा उक्त व्यवस्थालाई कर्यान्वयन गर्ने शिलशिलामा यो निर्वाचन भएको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित