
काठमाडौं, ३ चैत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले, कांग्रेस प्रतिपक्षको भूमिकामा पुग्न अर्को चुनावसम्म कुर्न नपर्ने बताएका छन् ।
नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज उपराष्ट्रपतिमा मतदान गरेपछि ओलीले सत्ता फेरवदलको सम्भावना चुनावअघि पनि रहेको चर्चा गर्दै उनले नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापालाई कडा जवाफ फर्काएका हुन् ।
यसअघि कांग्रेस नेता थापाले एक कार्यक्रममा पछिल्लो गठबन्धन पूरा समय टिक्ने दाबी गर्दै अब एमालेसँग ०८४ सालको निर्वाचनपछि प्रतिपक्षमा भेट हुन्छ भनी अभिव्यक्ति दिएका थिए । उक्त प्रसँगको जवाफ दिदै ओलीले कांग्रेसलाई प्रतिपक्षमा भेट्न २०८४ सालसम्म कुर्न नपर्ने बताएका हुन् ।
मतदानपश्चात पत्रकारहरुसँग कुराकानी गर्दै उनले भने, ‘एकजना अलिक चर्का कांग्रेसले कति सालपछि भेट हुन्छ भन्नुभएछ । प्रतिपक्षमा भेट्न ८४ साल पर्खिनुपर्छ ? अहिले भेट्नुभएको छैन ? उहाँहरूको यो कुराले उहाँहरूभित्र निकै ठूलो गडबडी देखिन्छ । नत्र किन त्यस्तो बोल्नुपर्यो ? त्यहाँभित्र गडबडी होलान् । त्यसैकारण बोल्नुभएको हो कि ?’
यसअघि ओलीले काङ्ग्रेससँग सहमति नगर्ने भन्ने कुरामा कसम खाएको छैन् भनेका थिए । त्यसको जवाफमा कांग्रेस नेता गगन थापाले अब एमालेसँग प्रतिपक्षमा भेट हुने जवाफ दिएका थिए । प्रजातान्त्रिक सिस्टममा हारजित हुने कुरा समेत साठगाँठे सिस्टम भएको ओलीको टिप्पणी छ ।















प्रतिक्रिया