
काठमाडौं, ३ चैत । उपराष्ट्रपति चयनका लागि आज मतदान हुँदैछ ।
उपराष्ट्रपति चयनका लागि संघीय र प्रदेश सांसदहरुले मतदान गर्नेछन् । मतदानको लागि दुई प्रकारको मतपत्रको व्यवस्था गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
संघीय सांसदका लागि रातो मतपत्र र प्रदेश सांसदको लागि हरियो मतपत्र रहेको छ । मतपत्रमा उम्मेदवारको नामसहित तस्वीर समावेश गरिएको छ ।
उपराष्ट्रपति चयनका लागि नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुनेछ ।
उपराष्ट्रपतिका लागि नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्य (बोहरा), जसपाबाट प्रमिला कुमारी, रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा उम्मेदवार रहेका छन् ।











प्रतिक्रिया