शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

एटीएम नभएका ठाउँमा प्रभु बैंकको पिओएस मार्फत् बैंकिङ्ग सेवा सुरु

दैनिक नेपाल २०७९ चैत ३ गते ८:४७

काठमाडौं, ३ चैत । प्रभु बैंक लिमिटेडले एटीएम सेवा नभएका ठाउँमा पिओएस मार्फत् बैंकिङ्ग सेवा सुरु गरेको छ ।

बैंकले विद्युतीय भुक्तानी कार्ड सम्बन्धी सेवालाई थप सहज बनाउन एटीएम सञ्चालन नभएका शाखा कार्यालयहरुबाट समेत प्रभु बैंकको आफ्नै पिओएस मेसिनबाट सेवा दिने भएको हो ।

पिओएस मेशिनको माध्यमबाट ग्रीन पीन सेट गर्न, पिन परिवर्तन गर्न र विद्युतीय भुक्तानी कार्डको माध्यमबाट नगद झिक्न सकिने अतिरिक्त सेवा उपलब्ध हुनेछन् ।

विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी सेवा सहज बनाउन नेपाल इलेक्ट्रोनिक्स पेमेण्ट सिस्टम (नेप्स)सँगको सहकार्यमा पिओएस मार्फत् विद्यूतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवाको सुरुवात गरेको बैंकले जनाएको छ ।

पिओएसमार्फत विद्युतीय भुक्तानी कार्ड सम्बन्धी अतिरिक्त सेवा उपभोग गरी बैंकका सम्पूर्ण ग्राहकले अधिकतम लाभ लिने प्रभु बैंकले विश्वास लिएको छ।

प्रतिक्रिया
सम्बन्धित