३० कार्तिक २०८३, सोमबार

आज हुने उपराष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान नगर्ने

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ३ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज हुने उपराष्ट्रपति निर्वाचनमा  मतदान नगर्ने भएको छ ।

यसअघि २५ फागुनमा भएको राष्ट्रपति निर्वाचनमा पनि राप्रपाले मतदान गरेको थिएन ।

राप्रपाको बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपराष्ट्रपति निर्वाचनमा मतदान नगरी तटस्थ बस्ने निर्णय गरेको हो । राप्रपाबाट प्रतिनिधिसभामा १४ र प्रदेशसभामा २८ सांसद छन् ।