शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

ह्याकरको बढ्दो खतरा

दैनिक नेपाल २०७९ चैत ३ गते ७:३१

काठमाडौं, ३ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आधिकारिक ट्वीटर ह्यान्डल बुधबारदेखि ह्याक भएको र बिहीबार उनीहरूको पन्जाबाट मुक्त गरिएको बताइएको छ ।

‘१५ मार्च बेलुकीदेखि ह्यान्डलमा अनाधिकृत रूपमा प्रवेश गरी असम्बन्धित ट्वीटर गरिएको घटनाबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौं,’ बिहीबार प्रधानमन्त्री सचिवालयले उल्लेख गरेको छ । ट्वीटर हान्डलमा सुरक्षाका सबै उपाय अवलम्बन भएको भए पनि ह्याक भएको र यस विषयमा अनुसन्धान भइरहेको सचिवालयले जनाएको छ ।

साइबर अपराधका बढ्दो केस र ह्याकरको बढ्दो खतराबाट उम्कन गाह्रो देखिन्छ । नेपाल सरकारले त्यो दुस्प्रयासविरुद्ध तुरुन्तै एक्सन लियो र खाता पहुँचमा पुनः प्राप्त गरेको थियो ।

प्रधानमन्त्रीको एकाउन्ट ह्याक गरेपछि ह्याकर्सले उनको ट्वीटर एकान्उन्टबाट डिजिटल करेन्सीको प्रमोट गर्ने सामग्री ट्वीट गरेको थियो । पीएम नेपालको ट्वीटर एकाउन्टमा दाहालको प्रोफाइको स्थानमा बीएलयूआर एकाउन्ट देखिएको थियो । ब्लर प्रोड टेडर्सका लागि नन्न फन्जिबल टोकन मार्केट प्लेस हो ।

ट्वीटर एकाउन्टमा एनएफटीको विषयमा एक ट्वीटको पिन गरिएको छ । एकाउन्टमा ६९०.१ के फलोअर्स छन् । एकाउन्ट रिस्टोर गरिएको सचिवालयले जानकारी गरेको हो । डिजिटल करेन्सी युजर्सले पछिल्लो समय धेरै एकाउन्ट ह्याक गरेका छन् । भारतमा पनि पछिल्लो समय क्रिप्टोकरेन्सको प्रचारका लागि चर्चित एकाउन्ट ह्याक हुने गरेको समाचार एजेन्सीले जनाएका छन् ।  आजको राजधानी दैनिकमा खबर छ ।

प्रतिक्रिया
सम्बन्धित