३० आश्विन २०८३, शुक्रबार

मिसन ग्रासरुट : दोलखा–काठमाडौं सम्पर्क मञ्चको विस्तारित बैठक सम्पन्न, गर्‍यो यस्तो निर्णय

1k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २ चैत । मिसन ग्रासरुट अभियानअन्तर्गत नेकपा एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको विस्तारित बैठक तथा अभिमुखीकरण कार्यक्रम काडमाडौंमा सम्पन्न भएको छ ।

पार्टीका स्थायी कमिटी सदस्य एवम् केन्द्रीय सम्पर्क समन्वय कमिटीका इञ्चार्ज लालबाबु पण्डितको प्रमुख आतिथ्यता र मञ्चका अध्यक्ष शेखर बस्नेतको अध्यक्षतामा बैठक सम्पन्न भएको हो ।

भूतपूर्व सैनिक तथा प्रहरी संगठनको कार्यालय च्यासलमा हिजो बुधबार बसेको बैठकले सम्पर्क मञ्चका सदस्यहरूको सदस्यता नवीकरण र नयाँ सदस्यता विस्तारलाई प्रभावकारी रुपमा अगाडि बढाउने निर्णय गरेको छ ।

यस्तै, सम्पर्क मञ्च मातहतका दुई वटा क्षेत्रीय, नौ वटा पालिका र ७४ वटै वडा सम्पर्क मञ्चले यही चैत २० गतेभित्र भेला, बैठक, विस्तारित बैठक र अभिमुखीकरण कार्यक्रम आयोजना गर्न निर्देशन दिएको छ ।

सम्पर्क मञ्चका सचिव उमेश खड्काले सञ्चालन गरेको बैठकमा केन्द्रीस्य सम्पर्क समन्वय कमिटीका संयोजक श्याम बस्नेत र बागमती प्रदेश सम्पर्क कमिटीका अध्यक्ष अशोक कुमार ठकुरीलगायत नेताहरुको आतिथ्यता थियो भने सम्पर्क मञ्च मातहत रहेका विभिन्न कमिटीका पदाधिकारीहरूको उल्लेख्य उपस्थिति थियो ।